आज बकर इद

२०७१ आश्विन २० गते, सोमबार


काठमाडौं, २० असोज । मुस्लिम धर्मावलम्बीहरुले आफ्नो महान् चाड बकर इद आज उत्साह र हर्षोल्लासका साथ मनाउँदैछन् । तीनसम्म मनाइने यस पर्वलाई ‘इदुल जोहा’ पनि भनिन्छ ।इस्लामिक पात्रोअनुसार १४३५ हिजरी संवत्को अन्तिम महिना जिलहिज्जा १० तारिखका दिन विश्वभरका मुस्लिम समुदायले मनाउने यो पर्व नेपालमा आज (सोमबार)देखि पर्सीसम्म मनाइँदैछ । पर्व मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
बकर इदलाई मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद उलफित्रपछिको दोस्रो ठूलो पर्व मानिन्छ । बकर इद अर्थात् जनावरलाई बलि दिने दिनको रुपमा मनाउने गरिन्छ ।
आज बिहान मुस्लिम समुदाय स्नान गरी राम्रो सफा लुगा लगाइ इदगार वा मस्जिदमा गइ सामूहिक नमाज पाठ गरी सकेपछि इद मुबारक भन्दै एकापसमा शुभकामना आदानप्रदान गर्दछन् ।नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, भेडालगायतका जनावरको बली/कुर्वानी दिने गरिन्छ । कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन–दुःखी र विपन्नलाई छुट्याइने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु