बस दुर्घटना, १७ जना घाइते

२०७१ आश्विन १८ गते, शनिबार

काठमाडौं , १८ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१ख ५७२८ नम्बरको बस आज बिहान कञ्चनपुरमा अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो ।गम्भीर घाइते भएका नौ जनालाई उपचारार्थ न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको सप्तरीकै अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । बस चालक फरार छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु