खेती गर्ने कुकुर !

२०७१ आश्विन १८ गते, शनिबार


काठमाडौं। २१औं सताब्दी जहाँ बेरोजगारी समस्या भयावह छ, साथसाथै मेशिनको प्रयोगले यसलाई झनै बढाउने काम गरेको छ। यस्तो अवस्थामा कुनै किसानका लागि उपयोगी र सहयोगी मेशिन किन्न पनि सहज छैन ।
तर, एक किसानले भने आफ्नो कुकुरलार्य नै खेतीसम्बन्धी सबै काम गर्न सक्षम बनाएका छन् । उनले कुकरलाई यति निपूण बनाएका छन् कि एउटा किसानले गर्ने सबै काम गर्न सक्छ । खेत जोत्न, ह्याण्ड पम्पबाट पानी निकाल्न सबै गर्न सक्छ । डेली मेलमा प्रकाशित खबर अनुसार लेमन द जोइन्ट नौजर नाामको यो कुकुर रुसको ओम्स्कको हो ।
यसलाई यसका मालिक एलिक्जेन्डर मार्टिसिनले ट्रेनिङ दिएर यस्तो बनाएका हुन् । यसको गुण र कौशल तपाईले एक पटक देख्नु भयो भने आश्चर्यमा पर्नुहुनेछ । एलिक्जैण्डरले भने–लेमन ह्याण्डपम्पबाट पानी पनि भर्न सक्छ र फसल कटाई पनि गर्न सक्छ । यो उनका लागि एउटा किसान जस्तै हो । आफ्नो कुकुरलाई उनी निकै माया गर्छन् । कुकुरलाई सहयोगी बनाउन उनलाई मनपर्छ । त्यसैले कुकुरले पनि उनलाई सक्दो सहयोग गरेको छ। उनका धेरै काम गरेर एलिक्जैण्डरलाई निकै राहत पुराएको छ।सेनामा काम गरिसकेका एलिक्जैण्डर भन्छन्–मेरो कुकुरलाई अन्य जनावरसँग खेल्न पनि मन पर्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु