जेष्ठ नागरिकले देशभर आन्दोलन चर्काउने

२०७१ आश्विन ११ गते, शनिबार


काठमाडौं । जेष्ठ नागरिक संयुक्त संर्घष्समितिले आन्दोलनको स्वरुपलाई देशव्यापी बनाउने भएको छ । आन्दोलन सुरु गरेको २१ महिनापछि संर्घष्ासमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी देशका ७५ ओटै जिल्लामा संगठन विस्तार गरी जेष्ठ नागरिकले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आन्दोलनले ‘भ्रष्ट आचरण भएका नेताहरु’लाई लक्षित गर्न संर्घष्ासमितिका अध्यक्ष महाप्रसाद पराजुलीले जानकारी दिए । जेष्ठ नागरिकहरु दैनिक एक सय रुपैयाँ भत्ता, र्सार्वजनिक सवारी-साधनमा ५० प्रतिशत छुट दिनर्ुपर्ने, सरकारी अस्पतालमा निःशुल्क उपचार र निजी अस्पतालमा ५० प्रतिशत छुट, अस्पतालमा जेष्ठ नागरिकका लागि छुट्टै वार्डको व्यवस्था हुनुपर्ने माग गर्दै २१ महिनादेखि काठमाडौंमा आन्दोलनरत छन् । २०६८ सालको जनगणनाअनुसार नेपालमा करिव २७ लाख जेष्ठ नागरिकहरु रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु