सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिँदै

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौ, १० असोज । आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिदैछ ।सरकारी कार्यालयका झण्डा फेर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको पञ्चा¨ निर्णयक समितिले जनाएको छ । यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने समितिका सभापति प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले यस्ता झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रुपमा नयाँ फेर्नु पर्ने उल्लेख गरेको छ । तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा यस कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिने उल्लेख गरिएको छ ।
मन्त्रीहरुको घरमा मात्र झण्डा फहराउन पाइने पुरानो नियम बदलिएको दुई वर्ष पुगिसकेको छ । देशको माया गर्ने मान्छेहरुले अफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन पाउँछन् । २०६९ सालको जेठ २२ गतेबाट लागू गरिएको कार्यविधिले त्यस्तो अनमुति दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु