नदी शिखर सम्मेलन २०७१ समाप्त

२०७१ आश्विन ८ गते, बुधबार


काठमाडौं, ८ असोज । प्रथम नदी शिखर सम्मेलन २०७१ पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सुनकोशी बिच क्याम्प सिन्धुपाल्चोकमा सम्पन्न सम्मेलनले हरेक बर्ष २३ सेप्टेम्बरलाई अन्तरराष्ट्रिय नदी दिवसको रुपमा मनाउन विश्व समुदायलाई आव्हान गर्ने, विगतका योजना र सन्धीहरु कार्यान्वयनको सन्दर्भमा विस्थपित भएका व्यक्ति र घरपरिवारले अझै उचित क्षतिपुर्ति नपाएको हुँदा यस्ता परिवारको लेखाजोखा गरी उचित व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
सम्मेलनले पानी र नदीको व्यवस्थापनका लागि आर्थिक सम्मृद्धि, सामाजिक समता एवं वातावरणीय सन्तुलनको अवधारणालाई अगाडि बढाउनुपर्ने, पानीको उपलब्धता र भोगचलन बेशीन, सववेशिन र सुक्ष्म बेशिन स्तरमा हुने बर्षा, बाष्पीकरण, प्रवाह जस्ता पक्षको नियमित र अनवरण मापन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
दोस्रो नदी सम्मेलन हिन्दुकुश हिमालय क्षेत्रका मुलुकहरुको सहभागिता सहित २०१६ को सेप्टेम्बरमा आयोजना गर्ने आयोजक समितिका अध्यक्ष एवं नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु