आज बालदिवस

२०७१ भाद्र २९ गते, आईतवार


काठमाडौ, २९ भदौ । आज बाल दिवस “बालबालिकका कुरा सुनौ, बाल दुर्व्यवहार अन्त्य गरौ” भन्ने नाराका साथ मनाउन लागिएको छ ।बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुलो विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाइरहेका छन् । दिवसको सन्दर्भमा सुभकामना दिनुहुदै प्रधानमन्त्री सुशील कोइरालले बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारको रोकथामा र घटनाबाट प्रभावित बालबालिका र सम्वद्ध परिवारको सम्मानजनक सामाजिक पुनर्स्थापनका लागि सहकार्य गर्न सरोकारवालालाई आव्हान गरेका छन ।
यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले बालबालिकको विशेष आवस्यकताहरुको यथोचित सम्मान र सम्वोधनका लागि आफूहरु क्रियाशिलताको गाति बढाउनेतर्फ सचेत भएको बताइन ।नेपालले बालअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ अनुमोदन गरेको आजबाट २५ वर्षमा प्रवेश गरेको छ । नेपालको अन्तरिम संविधानले पनि बाल अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु