चोरीको अभियोगमा पक्राउ परेका र्सार्वजनिक

२०७१ भाद्र २५ गते, बुधबार


काठमाडौँ ,२५ भदौ । केही समय अघिदेखि श्रृखलाबद्ध रुपमा जिल्ला सदरमुकाम गोरखाको बिभिन्न स्थानबाट भएको नगद तथा सुनचोरीको अभियोगमा पक्राउ परेका दुइ जनालाई आज जिल्ला प्रहरी कार्यालय गोरखाले र्सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर चितुवन मोघौली ३ घर्रभई तनहुँ आबुखैरेनी ३ बस्ने २८ बषिर्या रमेश श्रेष्ठ, भारत मोतीहारी घर भई आँबुखैरेनी ६ डेरा गरि बस्ने १७ बर्षा शेख हसनलाई पक्राउ गरि र्सार्वजनिक गरेको हो । त्यस्तै प्रहरीले चोरीको सुृन खरिद गरेको अभियोगमा आबुखैरेनी गा.वि.सका गौतम सुनचाँदी पसलका सञ्चालक टेक बहादुर सुनारलाई समेत पक्राउ गरेको छ । उनिहरुको साथबाट गलाएको सुनको टुक्रा ९.९लाल, सुनको मुन्द्री २ थान, ढोकाको फलामको रड ३ थान, तरवार १ थान, दाउ १ थान, हतौडी २ थान, पेन्चीस १ थान, स्लाइड रेन्ची , र मोवाइल ३ थान बरामत गरिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो । गत जेठ ७ गते गोरखा नगरपालिका ३ पाटेचौरका काजीराम श्रेष्ठको घरबाट करिब ६ तोला, साउन १९ गते एमाले पार्टीबाट नगद ७ सय, २० गते गोरखा नगरपालिका ६ स्थित रामहरी के.सीको घरबाट सुनको तिलहरी र नगद ११ हजार तथा भदौ ११ गते हरमटारी स्थित रेडक्रस सोसाइटीबाट नगद रु १६ हजार चोरी भएको थियो । उनिहरुले रात र दिनका एकान्त समयमा घरको ताल्चा फुटाएर सुन र नगद मात्र चोर्ने गरेको प्रहरीको भनाई छ । जिल्लामा चोरीको घटना बढ्न थालेपछि प्रहरी सादा पोशाकका प्रहरी परिचालन गरि चोरी गर्नेहरुको खोजीकार्य त्रि्र पारेको थियो । उनिहरुले कवाडी सामान उठाउने बाहानामा घरघरमा डुली एकान्तघरमा ताल्चा फोडी चोरी गर्ने गरको प्रहरीको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु