प्रेस युनियन अध्यक्षमा सिग्देल बिजयी

२०७१ भाद्र २४ गते, मंगलवार


काठमाडौ, २४ भदौ । नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल ६ सय ४२ मत ल्याएर निर्वाचित भएका छन । उनले अध्यक्षका प्रत्यासी शिब लम्सालले ४ सय ४४ मत र भुवन भट्टले ६९ मत ल्याए ।युनियनको गत शनिवारदेखि पोखरामा जारी युनियनको आठौ महाधिवेशन ७१ सदस्यीय नयाँ कार्य समिति चयन गरेर सकिएको छ ।
यसैगरी, बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, खुला उपाध्यक्ष रमेश पौडेल र ईश्वरी ओझा, समावेशी उपाध्यक्षमा बाला अधिकारी र बिजयसन्तोषी राई, महासचिवमा अजयबाबु शिवाकोटी निर्वाचित भए ।
त्यस्तै, उपमहासचिवमा प्रेम केसी र भिस्मराज ओझा, महिला उपमहासचिवमा सलोजा दाहाल, सचिवमा खिला कार्की र सुर्य क्षेत्री, महिला सचिवमा दिपा आले, समावेशी सचिवमा केवी राना र कोषाध्याक्षमा सरोज अधिकारी निर्वाचित भएका छन ।
क्षेत्रीय संयोजकतर्फ पुर्वाञ्चलमा लिलाबल्लभ घिमिरे, मध्यमाञ्चलमा राममणी दाहाल, पश्चिमाञ्चलमा प्रदीप काफ्ले, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा, सुदुरपश्चिमाञ्चलमा लालबहादुर ऐरी र बागमती क्षेत्रबाट रमेश खतिवडा छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु