इन्द्रजात्रा मनाइदै

२०७१ भाद्र २३ गते, सोमबार

काठमाडौ, २३ भदौ । आज परम्परागत इन्द्र जाात्रापर्व ,वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा आराधना गर्दै मनाइँदैछ ।नेपालमा लिच्छिविकालदेखि चलेको विश्वास गरिएको यो वर्ष काठमाडौसहित भक्तपुर, पाटन, धुलिखेल, दोलखालगायतका स्थानहरुमा मनाउने गरिन्छ । भक्तपुरबाट दुई कोसपूर्व काभ्रेको नालाको वनबाट सुभ साइतमा तान्त्रिक विधिद्वारा पुजा गरी पर्सेर छोडिएको बोकोले छोएको रुखकाटी, ताछी तयार पारिएको लिङ्गोलाई एकादशीका दिन रङ्गाएर पुजा आजा गरी हनुमानढोका अगाडि राखिने चलन छ ।
त्यसरी राखिएको लिङ्गोलाई भोलिपल्ट द्वावदशीका दिन विधिपूर्वक बाजागाजासहितको लिङ्गो गाड्ने चलन भएकाले यस पर्वलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ ।
इन्द्र जात्रा अवधिभर दशवतार नृत्य, देवीनृत्य, भद्रकाली नृत्य गरिन्छ । इन्द्र जात्राको अवसरमा आज सरकारले उपत्यका सार्वजनिक विदा दिएको छ । इन्द्र जात्रा सुरु भएपछि नेवार समुदायका विभिन्न पर्व सुरु हुने गर्छ । आजदेखि हनुमानढोका अगाडि रहेको श्वेत भैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वाधारणको दर्शका लागि खुला गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु