आजबाट ईन्द्रजात्रा सुरु

२०७१ भाद्र २१ गते, शनिबार


काठमाडौं, २१ भदौ । उपत्यकाको ठूलो चाड ईन्द्रजात्रा विधिवत्‌रूपमा शनिबार सुरु भएको छ। विहान काठमाण्डुको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइ ईन्द्रजात्रा सुरु भएको हो। शनिवारदेखि ईन्द्रजात्राको आकर्षणका रूपमा रहेको पुलुकिसि र लाखेनाच पनि सुरु हुन्छ।
एक हप्तासम्म चल्ने ईन्द्रजात्राका क्रममा २३ गते हनुमानढोकाभन्दा तल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरि क्वस्नेयास् मनाइन्छ। त्यस्तै २४ गते थस्नेयास्का दिन हनुमानढोकाभन्दा माथिल्लो क्षेत्रमा थस्नेयास् मनाइन्छ।
२७ गते नानिचायास्का दिन काठमाण्डुको मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरि ईन्द्रजात्रा सकिन्छ। भदौ २८ गते बिहान दुई बजेर पाँच मिनेटको साइतमा लिंगो ढाल्ने कार्यक्रम छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु