स्मार्ट कार्ड मंसिरभित्रै आइपुग्ने

२०७१ भाद्र २० गते, शुक्रबार


काठमाडौ, २० भदौ ।यातायात व्यवस्था विभागले स्मार्ट कार्ड मंसिरभित्रै आइपुग्ने जनाएको छ। पहिलो चरणमा १ लाख ६० हजार कार्ड ल्याउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए।’मंसिर २८ भित्रै हामीले पहिलो चरणमा स्मार्ट कार्ड ल्याउन तयारी गरिरहेका छौं,’ उनले भने। सुरुआतमा स्मार्ट कार्ड नयाँ लाइसेन्स बनाउने र प्रतिलिपि लिन आउनेका लागि प्रयोग गरिने उनले जनाए। लाइसेन्सको सट्टामा ल्याइन लागेको स्मार्ट कार्ड एटीएम जस्तै हुन्छ। र, यसमा चालकको परिचयपत्र, सवारी नम्बरलगायत सवारी र चालक दुवैको चाहिने सम्पूर्ण तथ्यांक हुनेछ। स्मार्ट कार्ड प्रयोगका लागि आवश्यक कामहरू तीव्ररूपमा अघि बढिरहेको दाहालको दाबी छ। ‘हामी गत साता मद्रास पुगेर त्यहाँ यसको प्रयोगका बारेमा पनि हेरेर आयौं,’ उनले भने, ‘साथै हामीले स्मार्ट कार्ड प्रयोगका लागि चाहिने सफ्टवेयर हेरेर प्रतिक्रिया दिइसकेका छौं।’
सरकारले स्मार्ट कार्ड बनाउन भारतको मद्रास सेक्युरिटी पि्रन्टर्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार उसले समयमै काम पूरा गर्ने प्रतिबद्धता दिइरहेको महानिर्देशक दाहालले बताए। सरकारलाई एसियाली विकास बैंक (एडीबी) को सूचना सञ्चार प्रविधि -आईसीटी) अन्तर्गतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर अनुदानका रूपमा प्राप्त भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार