मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस बनाउदै

२०७१ भाद्र २० गते, शुक्रबार


काठमाडौं, २० भदौ ।मानव बेचविखनविरुद्धको छैठौं राष्ट्रिय दिवस आज राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षको नारा ‘जागौं जागौं मानव बेचविखन रोक्न सबै लागौं’ भन्ने तय गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयोजनमा राष्ट्रिय महिला आयोग, माइती नेपाललगायत संघसंस्थाले काठमाण्डुको राष्ट्रिय सभागृहबाट बिहान जनचेतनामूलक र्‍याली निकालेका छन् ।
बेश्वावृत्तकिा लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ भदौ २० गते अनुमोदन गरेको सम्झनामा मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
मुलुकका विभिन्न जिल्लाबाट वार्षिक ३ सयभन्दा बढीको संख्यामा महिला तथा बालबालिका कुनै न कुनै रुपमा बेचबिखनमा पर्ने गरेको मन्त्रालयलको तथ्यांक छ ।अशिक्षा, जनचेतनाको अभाव तथा गरिबीका कारण बेचबिखन बढेको सरोकारवालाको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले दिवसका अवसरमा शुभकामना दिँदै सामाजिक अपराधका रुपमा रहेको मानव बेचविखन रोक्नका लागि सक्रिय हुन सम्वद्ध पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु