पोलिग्राफ मेशिन प्रभावकारी अपराधी धमाधम पक्राउ

२०७१ भाद्र १७ गते, मंगलवार


काठमाडौ , १७ भदौ। झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्राउ गर्न थालेको छ । अधिकांश पोलिग्राफ टेस्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको अपराध अनुसन्धान विभागका प्रमुख एआर्इजी सुरेन्द्रबहादुर शाहले बताए ।
‘पोलिग्राफ टेस्ट अनुसन्धानमा निकै प्रभावकारी देखिएको छ’, एआईजी शाहले भने, ‘अपराधी अनुसन्धान प्रक्रियामा यसले ठूलो परिवर्तन ल्याइदिएको छ ।’
गत वर्ष सिरहामा एक व्यक्तिको हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी हत्या गरेर मकैबारीमा शव फालिएको थियो । तर, घटनाका दोषी पत्ता लगाउन नसकेको प्रहरीले चार महिनाअघि शंकास्पद व्यक्तिले नै हत्या गरेको खुल्यो र प्रमाणसेमत भेटिए ।
एक वर्षअघिको रहस्य पोलिग्राफ टेस्टले सजिलै खुलाइदिएको प्रहरीले जनाएको छ । झुठो बोल्दा हुने शारीरिक परिवर्तनका आधारमा पोलिग्राफ टेस्ट हुनेगर्छ ।
धेरै देशमा अपराध अनुसन्धानमा प्रयोग हुने गरेको पोलिग्राफ नेपाल प्रहरीले गत २३ माघबाट सुरु गरेको हो । त्यसयताको सात महिनामा प्रहरीले दुई सय ६७ जनामाथि पोलिग्राफ टेस्ट गराएको छ । अमेरिकी सरकारको सहयोगमा नेपाल प्रहरीले पोलिग्राफ प्रविधि भित्र्याएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार