आफ्नै चिहान बनाउन थालेपछि..

२०७१ श्रावण २१ गते, बुधबार


काठमाडौं। सामान्यत मानिसको मृत्यु पछि आफ्नो संस्कृति अनुसार चिहान बनाउने परम्परा चलि आएको छ तर अहिले धनकुटामा मृत्यु अगावै आफ्नै चिहान घर बनाउने क्रम बढेको छ ।धनकुटा जिल्लाको खुवाफोक गाउँ विकास समिति वडा नम्वर तीनका दिलबहादुर र उनका भाई धनबहादुर याख्खाले शुरु गरेको यो प्रचलन पछ्याउँदै धनकुटामा करीब दुई दर्जन बढी यस्ता चिहान निर्माण भएका छन् ।
धनकुटाको खुवाफोक र हात्तिखर्क गाविस ज्यूँदा मान्छेका लागि समाधिस्थल बन्न थालेको हो । खुवाफोक र हात्तिखर्क गाविसमा मात्रै जिउँदा मानिसहरुले बनाएका करीब एक दर्जन चिहान छन् ।
यस्तै तेलिया, तांखुवा, परेवादिन, महाभारत र भेडेटार गाविसमा पनि स्थानीय बृद्धबृद्धाहरुले मृत्युपछि शवलाई आफूले भनेकै स्थानमा राखिदिन अनुरोध गर्दै गाउँलेको सहयोग समाधिस्थल निर्माण गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु