वीरगन्जमा रगतको अभाव

२०७१ असार १ गते, आईतवार


काठमाडौ, १ असार । वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा विगत तीन दिनदेखि रगतको चरम अभाव भएको छ ।केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ ग्रुपको रगतको चरम अभाव भएको हो । रक्तसञ्चार केन्द्रमा अहिले यी तीनवटै ग्रुपको रगत एक पिन्ट पनि नरहेको केन्द्रका इन्चार्ज प्रवीण मानन्धरले जानकारी दिए ।
केन्द्रमा अहिले ‘ओ’ ग्रुपको मात्रै रगत मौज्दात रहेको मानन्धरले बताए । केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ ग्रुपको रगत नहँुदा रगत लिन केन्द्रमा आउने गरेका अधिकांश बिरामीका आफन्तहरु रित्तै हात फर्कन बाध्य भएका छन् ।केहीलाई भने हेटाँैडा, जनकपुर र नारायगढबाट मगाएर भए पनि रगत दिएर पठाउने गरिएको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ । प्रचण्ड गर्मीका कारण अधिकांश रक्तदाताहरुले रक्तदान गर्न अप्ठ्यारो मानेकाले पनि रगतको अभाव भएको इन्चार्ज मानन्धरको भनाइ छ ।असार १३ गतेभन्दा पहिले कुनै पनि सङ्घसंस्थाको रक्तदान कार्यक्रम नभएको जानकारी दिँदै मानन्धरले रक्तदान गर्न इच्छुक व्यक्ति वा संस्थालाई केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु