एसएलसी पुरक परीक्षा साउन २० गतेदेखि

२०७१ जेष्ठ ३१ गते, शनिबार


काठमाडौं, ३१ जेठ ।परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको पुरक परीक्षा साउन २० गतेदेखि सुरु गर्ने भएको छ । पुरक परीक्षामा सहभागी हु्ने विद्यार्थीलाई साउन १५ गतेभित्र निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ ।आवेदन फारम सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने पनिकाले जनाएको छ ।
पुरक परीक्षा साउन २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । २० गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अंग्रेजी, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य बिज्ञान विषको परीक्षा हुने छ । वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ ।
यसैगरी साउन २५ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रम तर्फ अनिवार्य कर्मकाण्ड, संस्कृतितर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषय र २७ गते ऐच्छिक द्धितियपत्रका सबै विषयको परीक्षा संचालन गरिने कार्यालयले जनाएको छ ।
यसअघि एसएलसीको प्रवेशपत्र नै पुरक परीक्षाको लागि पनि प्रवेश पत्र कायम गरिएको र प्रवेशपत्रमा उल्लेखित सिम्बोल नम्बरबाट परीक्षा दिनुपर्ने कार्यालयले जनाएको छ ।
यसैगरी परीक्षाफल स्थगित भएको परीक्षार्थीहरुलाई दुई महिनाभित्र आवश्यक प्रमाणहरु पेश गर्न पनि कार्यालयले भनेको छ । पुनर्योगको लागि भने १५ दिनभित्र क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु