एसएलसी परीक्षाको नतिजा सार्वजनिक, ४३ दशमलव ९ प्रतिशत उत्तीर्ण

२०७१ जेष्ठ ३० गते, शुक्रबार

काठमाडौं,३० जेठ । परीक्षा नियन्त्रण कार्यालयले २०७० सालको एसएलसीको नतिजा प्रकाशित गरेको छ । एसएलसीमा ४३.९२ प्रतिशत उत्तीर्ण भएका छन् ।प्रमुख परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार यस वर्ष ३ लाख ९४ हजार ९ सय ३३ जनामध्ये १ लाख ७३ हजार ४ सय ३६ जना पास भएका छन् ।तीमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ जना उत्तीर्ण भए ।
एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत पास भएका छन् ।

प्रतिक्रियाहरु