एसएलसीको नतिजा सार्वजनिक हुँदै

२०७१ जेष्ठ ३० गते, शुक्रबार


काठमाडौं, ३० जेठ ।गत वर्षको चैत ६ देखि सुरु भएको एस एल सी परीक्षाको नतिजा आज अपरान्ह सार्वजनिक हुने भएको छ ।पछिल्ला बर्षमा नजिजा प्रकाशनको दर क्रमशस्घट्दै आएको छ । २०६६ सालमा उत्तिर्ण प्रतिशत ६४ दशमलव ९५ रहेकोमा २०६७ मा ५५ दशमलव ९५, २०६८ मा ५२ दशमलव ३८ र गतसाल ४१ दशमलव ८७ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका थिए ।हरेक बर्ष उत्तिर्ण दर घट्नुले विद्यालय शिक्षामा राज्यको लगानी र उपलब्धिबारे गम्भिर छलफलको आवश्यकताको महशुस गरिएको छ ।परीक्षाका लागि फारम भरेका ५ लाख ६६ हजार ८५ विद्यार्थी मध्ये ५ लाख ४८ हजार २ सय ४८ विद्यार्थी परीक्षामा सामेल भएका थिए ।
चैत ६ गतेबाट १४ गते सम्म सैद्धान्तिक परीक्षा सकिएपछि जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा प्रयोगात्मक परीक्षा सञ्चालन भएको थियो ।परीक्षा मर्यादित र व्यवस्थित बनाउन परीक्षा नियन्त्रण कार्यालयले ३५ बुँदेँ आचार सँहिता नै लागू गरेको थियो ।तै पनि परीक्षामा हुने अनीयमतिता कायमै थियो । पहिलो दिनमै २५ जना निरिक्षक सहित २२ विद्यार्थी निष्काशित भएका थिए ।

प्रतिक्रियाहरु