एक लिटर इन्धनमा ३३ सय किलोमिटर कुदने कार

२०७१ जेष्ठ २५ गते, आईतवार


काठमाडौँ । पेट्रोल, डिजेल लगायत इन्धनको मूल्य बढेर सबैको लागि ठाउको दुखाईको विषय बनेको छ । तर, चिन्ता नगर्नहोस् अब एक लिटर इन्धनले नै ३३ सय किलोमिटर कुद्ने कारको आविष्कार भइसकेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर प|न्सका विद्याथीहरू यस्तै कार निर्माण गरेका छन् । माइक्रोजोउल नाम दिइएको उक्त कार एक लिटर इन्धनमा २००० हजार माइल -लगभग ३२ सय किलोमिटर) चल्ने छ । कार्वनको फाइबर प्रयोग गरेर तयार गरिएको उक्त कारमा एक जना भन्दा बढी भने बस्नु मिल्दैन । कारमा यात्रा गर्दा मानिसहरू सुते जसरी बस्नुपर्ने हुन्छ । तपाईंलाई सुतेर यात्रा गर्दा अप्ठयारो हुँदैन भन्ने लागि राखेको होला । तर, जम्मा ०.०४ रूपैयाँमा १ किलोमिटर गाडी कुद्छ भने के गाह्रो – पश्चिमी प|mान्समा रहेको ला जोलिभायर कलेजका विद्यार्थीहरूले युरोपियन इको प्याराथोन प्रतियोगिताका लागि उक्त कार निर्माण गरेका हुन् । माइक्रोजोउलको वजन ३५ किलो मात्र रहेको छ । नेदरल्याण्डको रोटरडाममा उक्त कारको परिक्षण गरिएको थियो । जहाँ उक्त कार एक लिटर इन्धनमा ३३ सय किलोमिटर कुदेको थियो । यस कारलाई लिएर विश्वभरको एक चक्कर लगाउँदा पनि मात्र २३ सय रूपैयाँ लाग्छ । पानीको थोपाको आकारमा तयार गरिएको यस कार पेट्रोल र इथानोल दुवैले चल्छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार