उच्च रक्तचापबाट जोगिने भए …

२०७१ जेष्ठ २५ गते, आईतवार

काठमाडौँ । उच्च रक्तचाप र तनाव पछिल्लो समयमा आम मानिसका साझा स्वास्थ्य समस्या बनिरहेका छन् । असन्तुलित खानपान, व्यस्त तथा दौडधूपपूण जीवनशैली, न्यायामको अभाव, बढी नुनिलो तथा फास्टफुडको अत्यधिक सेवनले गर्दा मानिसमा उच्च रक्तचापको समस्या आउने गर्छ । रक्तचाप सामान्य अवस्थाभन्दा बढी अर्थात् १४०/९० भन्दा माथि निरन्तर रूपमा रहिरहृयो भने त्यसलाई उच्च रक्तचाप भएको भनिन्छ । यद्यपि उच्च रक्तचाप आफैँमा रोग होइन तर यसले अन्य रोगलाई जटिल बनाउँछ । जिवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय निम्न छन् ः
जगिङ- नियमित रूपमा दौडनु वा हिड्नु स्वास्थ्यका लागि फलदायक हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा एक घण्टासम्म मात्र पनि जगिङ गरेमा ६ वर्षे आयु बढ्छ । जगिङले बहुआयामिक स्वास्थ्य लाभ दिने शोधकर्ताहरूको दाबी छ । यसले रगतले अक्सिजन लिने दरमा वृद्धि गर्नुका साथै रक्तचाप सन्तुलन गर्न सघाउ पुर्याउँछ । जगिङ होस् वा अरु कुनै शारीरिक क्रियाकलाप त्यसले मुटुलाई सक्रिय तथा ससक्त बनाउने र रगत पम्प गर्ने प्रक्रियालाई सहज बनाउने हुनाले रक्तनलीहरूमा दबाब कम पर्छ । यसका कारण रक्तचाप स्वतः सन्तुलित बन्दछ ।
पर्याप्त मही खानुहोस् – उच्च रक्तचापका रोगीलाई महीको सेवन निकै लाभदायी हुने मात्र होइन स्वस्थ व्यक्तिले नियमित मही खाँदा यसले रक्तचाप बढी हुने जोखिम पनि घटाउँछ । अध्ययनअनुसार दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटकाका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
केरा खानुहोस्- केरामा प्रशस्त पोटासियम लवण पाइन्छ । केराजस्ता पोटासियमले भरिपूण फलफूलको सेवनका साथै नुनको कम सेवनले रक्तचाप बढ्ने जोखिम घटाउँछ । पोटासियमले शरीरमा तरल पदार्थाके सन्तुलनलाई कायम राख्दछ जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । विज्ञहरूले रक्तचापलाई सन्तुलनमा राख्नका लागि दिनमा पाँचवटासम्म केरा खान सुझाव दिन्छन् ।
नूनको खपत घटाउनुहोस्- नून बढी खाँदा स्वतः रक्तचाप बढ्छ । रगतमा नून घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । केवल बढी चर्को तरकारी नखाने मात्र होइन, नून बढी हुने विभिन्न खाले फास्टफुडको सेवन पनि कम गर्नुपर्छ ।
वजन नियन्त्रण गर्नुहोस्- मोटोपन रोगको घर हो भन्ने उखानै छ । मोटोपनाले उच्च रक्तचापलगायत विभिन्न खाले हृदयरोगको जोखिम बढाउँछ । शोधकर्ताहरूका अनुसार केही किलो मोटोपना घटाउँदा मात्र पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।
धूमपान नगर्नुहोस्- धुम्रपान उच्च रक्तचापको मुख्य कारकतत्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थीलाई उत्प्रेरित गर्छ जसका कारण एडि्रनलिन हर्मनको उत्पादन बढ्छ । यो हर्मनका कारण मुटुको धड्कन तीब्र बन्दै जान्छ, जसका कारण रक्तनलीमा दबाब बढ्दा रक्तचाप पनि बढ्छ ।
काम घटाउनुहोस्- अत्यधिक व्यस्त जीवनशैली तथा कामको धपेडी उच्च रक्तचापको एक मुख्य कारण बनेको छ । एक अध्ययनअनुसार निरन्तर हप्तामा ४० घण्टा काम गर्दा शरीरको रक्तचाप १४ प्रतिशतले बढ्छ । ओभरटाइम काम गर्न बानीले रक्तचाप अझै बढ्ने अध्ययनको निष्कर्षरहेको छ । हप्तामा ४० घण्टाभन्दा कम काम गर्नुमा भन्दा ५१ घण्टा बढी काम गर्नमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढी पाइएको छ ।
घर्ुर्ने बानी छ – सचेत हुनुहोस् – यदि तपाइँमा सुतेको बेला घर्ुर्ने बानी छ भने होसियार हुनुहोस्, तपाइँलाई उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले आफ्नो रक्तचाप परीक्षण गरी सावधानीका उपाय अपनाइहाल्नुहोस् । पर्याप्त न्रि्रा सुत्नुहोस् ।
कफी कम खानुहोस्- बढि कफी तथा कफिजन्य पदार्थ खाँदा त्यसले रक्तचाप बढाउने अनुसन्धानकर्ताहरू बताउँछन् । दैनिक ५०० मिल्रि्राम -तिन कप) कफी खाँदा कालान्तरमा रक्तचाप ३ प्वाइन्टले बढ्ने शोधकर्ताहरू बताउँछन् । कफीमा हुने क्याफाइन तत्वले रक्तनलीलाई दहि्रलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ ।
गाजरको जुस- नियमित रूपमा गाजर, गान्टेमूला तथा लौकाको जुस खानु रक्तचाप सन्तुलनका लागि उपयोगी हुन्छ ।

प्रतिक्रियाहरु