मृगौला रोगीहरुद्वारा आत्मदाह गर्ने चेतावनी

२०७१ जेष्ठ २४ गते, शनिबार


काठमाडौँ । सरकारले नयाँ तथा पुराना मृगौला रोगीहरुको डायलाइसिस निःशुल्क नगरे मृगौला रोगीहरुले सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका छन् । राष्ट्रिय मृगौला पीडित संघ नेपालले मृगौला रोगीहरुको उपचारका लागि सरकारले बेवास्ता गरेको भन्दै आफ्ना मागहरु पूरा नगरे सबै मृगौला रोगीहरुद्वारा स्वास्थ्य मन्त्रालय अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय मृगौला पीडित संघ नेपालका अध्यक्ष चिन्तामणि पोखरेलले मृगौला रोगीहरुको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले उपचार पनि गर्न सक्ने अवस्था नभएको भन्दै सरकारले मृगौला रोगीहरुको उपचारका लागि बेवास्ता गरेको गुनासो गर्दै राजनीतिक दबाबका कारण मृगौला रोगीहरुको स्वास्थ्य अवस्था दिनानुदिन दयनीय बनेको पनि आरोप लगाए । उनले भने- हामी रोगीहरुलाई सरकारले यसरी नै बेवास्ता गर्दै गयो भने हामी सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ । संघका उपाध्यक्ष शिवप्रसाद खनालले आफ्ना मागहरु सरकारले पूरा नगरे आन्दोलन निरन्तर जारी राख्ने चेतावनी दिँदै सम्पूण मृगौला रोगीहरुलाई निःशुल्क डायलाइसिस सेवाको निरन्तरता, प्रत्यारोपणको लागि सम्भव भएसम्म निःशुल्क प्रत्यारोपणको सुविधा, औषधी सेवन तथा प्रयोगशाला निःशुल्क गरिनुपर्ने, मृगौला रोगीहरुलाई अपाङ्गतामा सुचिकृत गरी गाँस, बासको ग्यारेन्टी गरिनुपर्ने, अङ्ग दानको लागि फराकिलो दायरा बनाउनुपर्नेलगायतका मागहरु अगाडि सार्दै उक्त मागहरु पूरा नगरे आन्दोलनका थप कार्यक्रमहरु अझ सशक्त रुपमा अगाडि बढाउने पनि चेतावनी दिएका छन् । संघकी सदस्य सरिता सत्यालले राजनीतिक दलहरुले जनतालाई सत्ताको भर्याङ मात्र बनाएको गुनासो गर्दै मृगौला रोगीहरुको उपचारका लागि कुनै पार्टीीनि जिम्मेवार नभएको आरोप लगाइन् । उनले भनिन्- मृगौला रोगीहरुको पीडा कसले बुझने र – यो रोगलाई न्यून गर्नका लागि सरकारले विशेष परियोजना ल्याए बिरामीहरुलाई सहज हुने थियो । सत्यालले मृगौला रोगीले निरन्तर डायलाइसिस गर्नुपर्ने हुँदा र्सवसाधारणको पहुँच नभएको स्मरण गराउँदै सरकारले समयमै ध्यान नपुर्याए हजारौँ रोगीहरुको ध्यान जाने खतरा रहेको पनि बताइन् । संघले आगामी जेठ २५ गते आइतबार रत्नपार्कमा विहान १० देखि ११ बजेसम्म चक्काजाम तथा धर्नाको कार्यक्रम, जेठ २६ गते पनि १० बजेदेखि १२ बजेसम्म घण्टाघरमा चक्काजाम तथा धर्ना कार्यक्रम, जेठ २७ गते विहानदेखि माग पूरा नहुन्जेलसम्म रत्नपार्कको शान्ति बाटिकामा रिले अनशन बस्ने कार्यक्रम रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रियाहरु