दुवै हात नभएकी बडि बिल्डर

२०७१ जेष्ठ १७ गते, शनिबार


काठमाडौँ । एनपीसी जुनियर यूएसए बडिबिल्डिङ च्याम्पियनसिप भएको छ, जसमा हजारौं सहभागी मध्ये एक महिलाले स्ट्याण्डिङ अभिएसन पाएकी छिन् । दुबै हात नभएकी बार्बी थोमसले कुनै उपाधि त जितिनन, तर सबैको मन भने जितिन । क्यारोलिनाकी ३७ वषीया थोमस दर्ुइ सन्तानकी आमा हुन् । उनले एक दुघट्नामा दुबै हात गुमाएकी थिइन । तर, बडिबिल्डर बन्ने सपना पूरा गरेरै छाडिन । उनी भन्छिन- ‘म सबैलाई के भन्न चाहन्छु भने तपार्इं जे गर्नुस्, बस दिमागमा राख्नुस् ।’ आयोजकले थोमसलाई परिचय गराएपछि उनले आफ्नो ट्रेनरलाई स्टेजमा बोलाउने अनुमति मागिन । सुरुमा उनको प्रस्ताव अस्वीकार भयो । तर, जब उनले आफ्नो दुबै हात नभएकाले ड्रेस लगाउन सहयोग चाहन्छु भनिन उनको प्रस्ताव स्वीकार भयो ।
उनी समान्य मानिसले गर्ने सबै काम आफै गर्नसक्ने बताउँछिन् । दाँत माझनेदेखि भात पकाउने, लेख्ने र ड्राइभिङ गर्नसम्म । उनी फिटनेशसम्वन्धी पत्रिका पढ्न रुचाउँछिन् । उनले पहिलो पटक २००३ मा फिटनेश प्रतियोगितामा भाग लिएकी थिइन् । उनी भन्छिन्, अहिले यो काम मेरो रगतमा छ र यो विना म बस्न सक्दिन ।’ उनले दर्ुइ वर्षो हुँदा नै दुबै हात गुमाएकी थिइन् । विद्युत ट्रान्र्सर्फमा गढेका कारण करेन्ट लागेपछि उनले दुबै हात गुमाएकी थिइन् । डाक्टरले उनलाई बचाउन गाह्रो हुने र बाँचे शाकाहारी हुनु पर्ने बताएका थिए । उनी भन्छिन- ‘तर, भगवानले मेरा लागि अलगै योजना बनाएका हरेछन् । म अहिले पनि स्वस्थ छु ।’-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु