५ भाइको एक्ली पत्नी

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौं । छिमेकी मुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ दाजुभाईकी एक्ली पत्नी हुन् । उनी हरेक रात पाँच भाइमध्ये एक जना सँग सुत्ने गर्छिन् । राजोका एक छोरा पनि छन् ।छोरोको नाम जय बर्मा राखेका छन् ।राजोको छोरा १८ महिनाका भए । राजो आफ्ना सबै पतिसँग उत्तिकै खुशि छिन् । उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।
राजो र उनको प्रथम लोग्ने गुड्डुको हिन्दु परम्परा अनुसार ४ वर्षअघि बिहे भएको हो । त्यसपछि बाँकी दाजुभाईसँग बिहे भयो । राजोलाई पनि यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको सम्वन्धबाट जन्मन गएको हो । देहरादुनको यो गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई छ । महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्छ राजोको यो परिवार देख्दा पनि ।
राजो र पाँच दाजुभाई सबै एउटै कोठामा सुत्नछन् । तर खासै ओच्छ्यान जस्तो हुन्न उनिहरुको सुत्ने ठाउँ । एउटा फराकिलो भुइँमा धेरै ब्ल्यांकेट राखेर सँगै सुत्छन् यी परिवार । राजो भन्छिन् , ‘मलाई कुनै नौलो भने लागेको छैन । म यी दाजुभाई सबैलाई उत्तिकै मन पराउँछु ।’ राजोले बताइन् कि उनकी आमाले पनि ३ दाजुभाइसँग विवाह गरेकी थिइन् ।
‘हामी सबै उनीसँग यौन सम्पर्क राख्छौँ तर मलाई इष्र्या लाग्दैन ‘,प्रथम पति गुड्डु भन्छन् । गुड्डु राजोको आधिकारिक लोग्ने हुन् । गुड्डु थप्छन् ,’ हामी अत्यन्तै खुशी सानो परिवार हौँ ।’ आफ्नो जग्गा र जमिन धेरै टुक्रामा नबाँडी परिवारलाई एकिकृत राख्नका लागि अहिले पनि भारतको उत्तराखण्डस्थित देहरादुनका कतिपय परिवारले यो संस्कारलाई कायम राखेका छन् ।राजो बताउँछिन्-धेरैजना भएपछि झनै धेरै माया र प्रेम पाइने रहेछ । म भाग्यमानी हुँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु