एन्टिभाइरस प्रबिधि औचित्यहीन

२०७१ बैशाख २९ गते, सोमबार


काठमाडौँ ।कम्प्युटरमा लाग्ने भाइरस निवारण गर्न प्रयोग हुने एन्टीभाइरस सफ्टवेयर निकै लोकप्रिय छन् । नेपालमा पनि बिभिन्न एन्टीभाइरस सफ्टवेयरको बिक्रि भइरहेको छ र हरेकजसो कम्प्युटर प्रयोगकर्ताले निःशुल्क पाइने वा किन्नुपर्ने एन्टीभाइरस प्रयोग गरिरहेकै हुन्छन् ।तर, एन्टीभाइरस प्रबिधि बिक्रि गरिरहेका निर्माताहरुले यो प्रबिधिको मृत्यु भइसकेको र अब नयाँ चुनौती सामना गर्न नसक्ने घोषणा गरेका छन् ।लोकप्रिय ‘नोर्टन एन्टीभाइरस’ निर्माता साइमनटेक कम्पनीका बरिष्ठ उपाध्यक्ष ब्रायन डाईले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै भने– ह्याकरहरुले कम्प्युटरको सुरक्षा प्रणाली ध्वस्त पार्ने नयाँ–नयाँ तरिकाहरु अपनाइरहेका छन जसलाई रोक्न एन्टीभाइरस असक्षम छन् ।’उनले भने– हाम्रा उत्पादनले पनि साइवर हमलाको ४५ प्रतिशतलाई मात्र रोक्न सक्छन, त्यसैले एन्टीभाइरस हाम्रा लागि पनि अब नाफाको ब्यापार रहेन् ।’नयाँ–नयाँ शैलीका साइवर हमला रोक्न एन्टीभाइरसहरु असक्षम सावित हुँदै गएको भएपनि स्पार्म रोक्ने, पासवर्ड ब्यबस्थापन गर्ने लगायतका सामान्य काममा भने उपयोगी नै छन् ।बिश्वब्यापी एन्टीभाइरस बजारमा ८ प्रतिशत हिस्सा ओगटने साइमनटेकले नविन सोंचका साथ आएका साना कम्पनीलाई साथमा लिएर आफ्नो बजार विस्तार गर्ने र एन्टीभाइरसलाई सकेसम्म बढि क्षमतावान बनाउने कोसिसमा छ ।////////////////////////////////

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार