टेलिकमको महसुल छुट कायम रहने

२०७१ बैशाख २३ गते, मंगलवार

काठमाडौं, २३ बैशाख। नेपाल टेलिकमले आफ्नो दसौंं वार्षिकोत्सवका अवसरमा गत माघ २२ गते तीन महिनाका लागि प्रदान गरेको विभिन्न सेवाको महसुल शुल्कलाई निरन्तरता दिएको छ।
निरन्तरता दिइएको छुटमा फ्रेन्ड्स एन्ड फेमली सेवाबापत सिडिएमए पोस्टपेड मोबाइलका लागि प्रतिमिनेट ५५ पैसा तथा सिडिएमए प्रिपेड मोबाइलका लागि प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ। त्यस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि बाँडिएको सिम र रिमबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा प्रतिएसएमएस २० पैसा शुल्क कायम गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकका लागि ल्याइएको विशेष प्याकेजअन्तर्गत बाँडिने सिम र रिमबाट कम्पनीकै नेटवर्कभित्र हुने प्रत्येक १० मिनेट कलको १ रुपैयाँका दरले आगामी एक वर्षसम्म बोनस वितरण गरिने प्रवक्ता गुणकेशरी प्रधानले बताइन्।
कम्पनीले इभिडियो सेवाका नया” २५ एमबी तथा ३ सय एमबी डाटा प्याकेज क्रमशः २ दिन र १५ दिनको समयावधि कायम गरी वितरण लाइनसमेत निरन्तरता दिएको छ। त्यस्तै तीन सय एमबीको १५ दिनका लागि १ सय ३०, पाँच सय एमबीको १ महिनाका लागि २ सय, दुई जिबीको २ महिनाका लागि ७ सय ६०, पाँच जिबीको दुई महिनाका लागि १७ सय र १० जिबीको २ महिनाको लागि २४ सय शुल्क रहेको टेलिकमले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार