घरमै बाघ पालेपछि …..

२०७० चैत्र २२ गते, शनिबार


काठमाडौँ । तपाइले जंगलको शक्तिशाली जनावर बाघलाई कि जंगलमै कि चिडियाखानामा मात्र देख्नुभएको होला । प्रत्यक्ष रुपमा देख्नुभएको छ भने बाघसँग सम्मुख हुन नपरे जस्तो पनि लाग्छ होला तपाइलाई । टेलिभिजनको पर्दामा मात्र देख्नुभएको हो भने पनि उनीहरू जंगलमै ठीक छ भन्ने नै लाग्छ होला । तर, ब्राजिलका आर्यन वोगर्समो परिवारले एक होइन सात बाघलाई घरमै पालेर अचम्मै गरेको छ । उनीहरूले बाघलाई घरपालुवा कुकुर जस्तै पालेका छन् । साथै ती घरका परिवारले बाघसँग पौडी खेलेको, नुहाएको, खेलेको समेत दृश्यमा देख्न सकिन्छ । परिवारका सदस्यले बाघलाई गाईको वाच्छलाई नुन दिएर हात चटाए जस्तै हात चटाएको पनि देखिन्छ भने कतिपय बेलामा बाघको दाह्रा समातेर जिस्किएको र बाघको ढाडमा सुतेको पनि पाइएको छ । बाघका बच्चाहरू आर्यन वोगर्सको छोरीहरूसँगै हुर्किएको स्थानीय एक टेलिभिजनले जनाएको छ । तर, उनका छिमेकीहरू भने वोगर्ससँग डराउने गरेका छन् । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु