कुकुरको मूल्य १८ करोड !

२०७० चैत्र १५ गते, शनिबार


काठमाडौँ । एउटा कुकुरको छाउरोलाई कति पर्छ – गाउँघरतिर हो भने कुकुरका छाउराको मूल्यभन्दा पनि सित्तैमा लगिदिए हुन्थ्यो भन्ने अबस्था आर्इपर्छ । आजकल नेपालका शहरबजारमा घरानियाँहरुमाझ कुकुर पाल्ने शौख बृद्धि भइरहेको छ । त्यसैले उनीहरु हजारौँ रुपैयाँ तिरेर उन्नत जातका कुकुर किनेर पाल्छन् । तर, यस्ता कुकुरको मूल्य हजार मात्रै होइन, लाख पनि हैन करोडौँ रुपैयाँ पर्छ भनेर तपाईंले कहिले पनि कल्पना गर्नु भएको थिएन होला । हजुर, तपाई बिल्कुल सही पढ्दै हुनुहुन्छ । एउटा कुकुरको छाउरोलाई १८ करोड रुपैयाँमा बिक्री गरिएको छ । यो छिमेकी चीनको खवर हो, जहाँ तिब्बती मूलको मस्तिफ -नेपालमा भोटे कुकुर भनिने) जातको कुकुरको छाउरोलाई गत साता झण्डै १८ करोड रुपैयाँमा बिक्री गरिएको छ । झेजियाङ भएको कुकुर प्रदर्शनीमा एक जग्गा व्यापारीले एक करोड २० लाख युयानमा किनेका छन् । झट्ट हेदा जंगलको सिंहजस्तो देखिने यो कुकुर सुनौलो रंगको छ । यो कुकुरका मालिकले भने- यो जातको कुकुरमा सिंहको रगत मिसिएको छ ।’ उनले यस्तै अर्को कुकुरलाई झण्डै ६० लाख युयानमा बिक्री गरेका छन् । चिनियाँ धनाढ्यहरुमाझ यो तिब्बती कुकुर ‘प्रतिष्ठाको विषय’ बन्ने गरेको छ । निख्खर तिब्बती मस्तिफ जातको रातो पाण्डा जतिकै दुलभ रहेकाले यो निकै महंगो हुने गरेको ती कुकुरका मालिकले जानकारी दिए । रातो रंगको मास्तिफ जातको कुकुर पालेमा माकिललाई सुरक्षा र सम्बृद्धि प्राप्त हुने विश्वास रहेको छ । यसअघि सन् २०११ मा एक करोड चिनियाँ युयानमा यस्तै रातो मस्तिफ कुकुर बिक्री भएको थियो जसले बिश्वकै सवैभन्दा महँगो कुकुरको रेकर्ड राखेको थियो । तिब्बती मास्तिफ जातको कुकुर तिब्बत, नेपाल मध्यएशियाको हिमाली क्षेत्रमा पाइने बेलायती पत्रिका डेली मेलले जनाएको छ । पहिले-पहिले हिमालतिर भेडाबाख्राको सुरक्षाका लागि यस्ता कुकुर पाल्ने गरिएको भए पनि अहिले यी कुकुर निकै महँगा र दुलभ मानिने समाचारमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु