पर्समा बोक्न मिल्ने चर्पी !

२०७० फाल्गुन २७ गते, मंगलवार


काठमाडौं,२७ फागुन । यात्रामा जाँदा वा व्यस्त जीवनकाबीच कतै जाँदा सार्वजनिक शौचालयको दुर्गन्ध तथा संक्रमणको चिन्ता लिने महिलाको लागि एउटा खुशीको खबर आएको छ । एक बोकेर हिँड्न मिल्ने ‘पोटैबल’ शौचालयले महिलाहरुको यस्तो समस्यामा राहत दिएको हो ।यस शौचालय सजिलैसँग ब्यागमा बोकेर हिँड्न सकिन्छ । भारतको कम्पनी फस्र्ट स्टेप प्रोजेक्ट्सले यस्तो खालको शौचालयको निर्माण गरेको हो । सो कम्पनीका साझेदार दीप बजाजलेले महिलाहरुका लागि भारतमा शौचालयको अवस्था दःखद रहेको बताउँदै यस्तो शौचालयको परिकल्पना आएको उल्लेख गरेको छ ।
भारतमा यस्ता फोहोर शौचालयका कारण रोगको संक्रमणको खतरा उत्तिकै हुने गर्छ । यस्बाट बच्नका लागि ‘पी बडी’ नामको पोर्टेबल शौचालय निर्माण गरिएको कम्पनीको दावी छ । जसलाई अन्य सामान जस्र्त सजिलै लिएर हिँड्न सकिन्छ ।पी बडी गत डिसेम्बरकाट सुरु गरिएको हो । यो पी बडीमाअस्पताल, कार्यालय, विमानस्थल, सडक जहाँ पनि उभिएर शौचालयमा गर्नुपर्ने सबै कामलाई सहज बनाइदिन्छ । बाटर प्रुफ कागजबाट बनेको यो सोली आकारको छ, जसलाई पट्याएर पर्समा पनि राख्न सकिन्छ ।कामको सिलसिलामा लामो यात्रा गर्ने महिलाहरुका लागि यो निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । हाडजोर्निको समस्या रहेका, गर्भवती भएका महिलाहरुका लागि यो निकै लाभदायक छ । पिशाब रोकेर राख्नुपर्दा आउने सबै समस्यालाई हल गर्न पी बडी उत्तम रहेको दावी छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु