पण्डितपुरमा बृहत उत्खनन गर्न आवश्यक :पुरातत्वविद

२०७० फाल्गुन २५ गते, आईतवार


काठमाडौ, २५ फागुन । नवलपरासीको बञ्जरिया—१ पण्डितपुरमा बृहत उत्खनन गर्न आवश्यक रहेको पुरातत्वविद्धले सरकारलाई सुझाव दिएका छन् ।कोलिया गणराज्यको राजधानी भएको स्थान रामग्राम नगर पंडितपुरमा रहेको पुष्टि भईसकेकोले त्यस क्षेत्रको तत्काल उत्खनन गर्न जरुरी रहेको उनिहरुको सुझाव छ ।फागुन ४ गते देखि १७ दिन लगाएर उत्खनन गरेको पुरातत्व विभागको टोलिले उत्खननका क्रममा कोलिया गणराज्यको राजधानी रामग्राम नगर रहेका विभिन्न कालका प्राचिन प्रमाणहरुको आधारमा कोलिया गणराज्यको राजधानि रामग्राम नगर पण्डितपुर भएको पुष्टि गरि सकेको छ ।
उत्खनन टोलिका बरिष्ट पुरातत्वविद्ध तारानन्द मिश्रले शाक्यमुनी बुद्धको मावली एंव ससुराली भएको स्थान कोलिया गणराज्यको राजधानी रामग्राम नगर पंडितपुर भएको पुष्टि भएकाले अव सरकारले तत्काल बृहत उत्खनन गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु