एप्पलले अर्बौं डलर कर छल्यो

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौं,२३ फागुन । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इङ्कले कर छल्नका लागि अष्ट्रेलियामा सञ्चालित व्यवसायबाट अर्बौं डलर नाफा आयरल्याण्डमा सारेको खुलासा भएको छ । पछिल्लो १ दशकमा कम्पनीले अष्ट्रेलियामा तिर्नुपर्ने आयकरबाट बच्न नाफालाई करमुक्त राज्य (अफसोर इस्टेट) आयरल्याडमा सारेको अष्ट्रेलियाको आर्थिक सूचना प्रदायक पत्रिका ‘अष्ट्रेलियन फाइनान्सियल रिभ्यू’ले गरेको अनुसन्धानले देखाएको हो । अष्ट्रेलियाली सरकारले कर छली गरिरहेका कम्पनीको खोज गर्ने प्रतिबद्धतासँगै एप्पलको यस्तो कदमको खुलासा भएको बताइन्छ ।
एप्पल इङ्कका १० वर्षे अवधिका आर्थिक कारोबारको विवरण (खाता) आयरल्याण्डमा दर्ता भएको एक छद्मभेषी संस्थाका नाममा राखिएको अनुसन्धानमा पाइएको छ । त्यस्तो संस्थालाई एप्पलले ‘सेक्रेटिभ’ कम्पनीको संज्ञा दिएको पनि अनुसन्धानमा खुलेको बताइन्छ ।सो अवधिमा एप्पलले करीब ८ अर्ब ९० करोड अष्ट्रेलियन डलर करमुक्त राष्ट्र आयरल्याण्डको कम्पनीमा स्थानान्तरण गरेको पत्रिकाले बताएको छ । आयरल्याण्डमा एप्पलले कुल नाफाको जम्मा शून्य दशमलव ७ प्रतिशत कर तिर्दै आएको बताइन्छ ।
गत वर्ष मात्रै एप्पलले २ अर्ब अष्ट्रेलियन डलर आयरल्याण्ड पठाएको र अष्ट्रेलियन कम्पनीले जम्मा साढे ८८ लाखमात्र नाफा कमाएको देखाएको पत्रिकाले उल्लेख गरेको छ । यसबारे अष्ट्रेलियास्थित एप्पल कम्पनीका अधिकारीले केही अभिव्यक्ति दिन अस्वीकार गरेको भए पनि कर कार्यालयको आवश्यक सबै नियम कानून आफूले पालना गरेको र सबै कानूनी प्रक्रियासमेत पूरा गरेको कम्पनीले दाबी गरेको छ । -एएफपी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार