मृत प्रेमीसँग विवाह गर्न अनुमति

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौ।फ्रान्सको एक महिलाले मृत प्रेमीसँग विवाह गर्न कानूनी लडाई जितेकी छन् । अब उनी विचित्र विवाह गर्न जाँदैछिन् । २ वर्षदेखि प्रेमीको निधनको शोकमा रहेकी उत्तरी फ्रान्सको सेन्ट ओमेर टाउनमा बस्दै आएकी पास्केल २० महिनापछि कानूनी लडाई जितेकी हुन् । फ्रान्सेली राष्ट्रपति फ्रान्वा होलान्डले यो महिनाको विचित्रको इच्छा पूरा गर्न अनुमति दिएका छन् ।यो फ्रान्सको अनुमति विशेष कानूनको आधारमा दिइएको हो । जस अनुसार मृत व्यक्ति वा महिलासँग विवाह गर्न सकिन्छ ।
अबको केही हप्तामा पास्केलले मृत प्रेमी मिचेलको तस्वीरसँग केप टाउनमाका मेयरको उपस्थितिमा विवाह गर्नेछिन् ।मिचेलको २०१२ मा मृच्यु भएको थियो, जतिबेला उनीहरु विवाहको तयारीमा थिए । उनीहरु झण्डै साढे ६ वर्षदेखि प्रेममा थिए र २०१२ जुनमा विवाहको तयारी भएको थियो । तर, त्यसको एक महिनाअघि मिचेलको हृदयघातका कारण मृत्यु भयो । प्रेमीको मृत्यु भएपछि पनि उनैसँग विवाह गर्ने अनुमति पाउन पास्केलले राष्ट्रपतिलाई २० महिनामा चार पत्र लेखेकी थिइन् । कानुनी मलाइ जितेपछि पास्केलले भनेकी छिन्-’म अब उनको पत्नी हुन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु