युवतीको मुखभरि दाह्री !

२०७० फाल्गुन १० गते, शनिबार


काठमाडौँ । भारतीय मूलकी हरनाम कौर नामक २३ वषर्ीया युवतीको अनुहारभरि पुरुषको जस्तै दाह्री छ । ती युवती भन्छिन् मलाई आफ्नो दाह्रीले झनै महिलापनको अनुभव हुन्छ । बेलायतको बर्कवायर स्लोघमा बस्ने उनीमा एक प्रकारको स्वास्थ्य समस्या रहेका कारण उनको अनुहारभरि पुरुषको जस्तै बाक्लो दाह्री छ । उनले विद्यालयमा धेरैको घोँचपेच सहनु पथ्र्यो भने कतिपयले मार्नेसम्मका धम्की पनि दिए । उनले शिख धर्म अवलम्बन गरेपछि अनुहारको रौँ काट्न छाडेकी छिन् । शिख समुदायमा शरीरका रौँ काट्न नहुने विश्वास छ । आफूलाई भगवान्ले यस्तै बनाएको र अव यसैमा खुसी रहेको उनी बताउँछिन् । दाह्रीले गर्दा झनै बढी महिला भएको अनुभव हुने र झनै सेक्सी देखिने समेत उनको दावी छ । किशोरी अवस्थामा उनलाई दाह्री भएको अनुहार देखाउन निक्कै दिक्क लाग्थ्यो । हप्तामा २ पटकसम्म सबै अनुहारको रौँ हटाउँथिन् । विद्यालमा सबैले सिमेल र सिन्यान भनेर जिस्काउँदा एक पटक त आत्महत्यासमेत गर्न मन लागेको थियो उनलाई । तर अहिले केही जस्तो पनि लाग्दैन भन्छिन् उनी । १६ वर्षो उमेरमा उनले शिख धर्म अंगालिन त्यसपछि उनले रौँको बारेमा कहिले चिन्ता लिइनन् । यो विषयमा घरमा समेत उनले विवाद गरिन तर आफ्नो निर्ण्र्ााबदलिनन् । अहिले उनका बाबुआमा र १८ वर्षा भाइ गुरदीप सिंहले उनलाई निक्कै सहयोग गर्छन् । १७ वर्षो हुँदा जागिर पाउन गाह्रो परेपछि उनले फेरि दाह्री काटिन् तर त्यसपछि भने कहिले पनि काटिनन् । मानिसहरूले सुरुमा आफ्नो दाह्री हेरे पनि आफ्ना स्तन पनि देखेपछि अचम्मित हुने गरेको उनको अनुभव छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु