प्रचण्ड र बाबुरामलाई गोली ठोक्ने धम्की

२०७० माघ १२ गते, आईतवार

काठमाडौं, १२ माघ ।एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई आफ्नै पार्टीका सदस्यवाट गोली ठोक्ने धम्की आएको छ। एमाओवादीको युवा संगठन वाइसिएलका एक सदस्यले नै प्रचण्ड र बाबुरामलाई गोली हान्ने धम्की दिएका हुन् ।युद्धमा लागेर आफ्ना सपना भताभुंग पारिएको भन्दै वाइसिएल कार्यकर्ताले आक्रोश व्यक्ति गर्दै उक्त धम्की दिएका हुन् ।
यसरी पार्टीका दुई नेतालाई धम्की दिने गोरखा वारपाकका वाइसिएल कार्यकर्ता धनबहादुर घले हुन् । उनले मोवाइलबाट एसएमएस पठाएर उक्त धम्की दिएका हुन् ।उनले शुक्रबार प्रचण्ड र बाबुरामलाई गोली हानेर मार्ने धम्कीसहितको एसएमएस पठाएका बताइएको छ ।
उनले एसएमएसमा प्रचण्ड र बाबुरामले धोका दिएको बताएका छन् । उनीहरुले सहिदको सपना र जनताको भावनामाथि खेलबाड गको आरोप लगाउँदै घलेले प्रचण्ड बाबुराम देशद्रोही बनेको दावी पनि गरेका छन् । उनले प्रचण्ड बाबुरामलाई देशले कहिल्यै माफ नगर्नेु दावी पनि गरेका छन् । साथै ुएक दिन अवश्य गोली मार्नेु धम्की उनको छ ।
एकाएक मोवाइलमा ज्यान मार्ने धम्कीसहितको एसएमएस आएपछि प्रचण्ड र बाबुरामले प्रहरीलाई खबर गरेका थिए । स्रोतका अनुसार दुबै नेताले प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराएक थिए ।
प्रचण्ड र बाबुरामले दिएको जानकारी अनुसार महानिरिक्षक अर्यालले तत्काल गोरखा प्रहरीलाई निर्देशन दिएका थिए । त्यसलगत्तै एसएमएसबाट धम्की दिने धनबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा घलेले आफूले नै एसएमएस पठाएको स्वीकार गरेका छन् । साथै उनले प्रचण्ड बाबुरामले वाचा गरेअनुसार काम नगरेको, जनतालाई धोका दिएको र सहिदको रगतमा खेलवाड गरेको बताएका छन् । त्यो देखेर आफूलाई रिस उठेको र एसएमएस पठाएको घलेले बयानमा भनेका छन् ।
प्रहरीले उनको बारेमा अझै अनुसन्धान गरिरहेको जनाएको छ । उनले भनेजस्तै आवेगको प्रतिक्रिया हो वा उनले साँच्चिकै त्यस्तो योजना बनाएका हुन भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको भनाई छ । पछिल्लो समय एमाओवादीभित्र विवाद झन्झन् चुलिदै गएपछि नेताहरुप्रतिको आक्रोश कार्यकर्तामा बढ्दो छ । साथै गुट गुटबीच मनमुटाव हुने र विभिन्न तरिकाले आक्रोश व्यक्त गर्ने क्रम पनि बढेको छ ।

प्रतिक्रियाहरु