संविधानसभा विघटनको विकल्प छैन : किरण

२०७० माघ ११ गते, शनिबार

काठमाडौ, ११ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राजनीतिक निकासका लागि संविधानसभा विघटन गर्नुको विकल्प नभएको बताएका छन् ।अहिलको संविधानसभा विघटन गरी सर्वपक्षीय भेलाबाट संबिधान निर्माण गर्नुपर्ने आफ्नो पार्टीको अडान किरणले पुन दोहोर्याए ।नवलपरासीमा भएको कार्यक्रममा अध्यक्ष किरणले संविधान सभामा २०५२ सालकै पार्टीहरु रहेकाले जनअपेक्षा अनुसारको संविधान नबन्ने निश्चित भएको अध्यक्ष दावी गरे ।दलहरुबीच छलफल र सहकार्य नगरी निकास ननिस्कने किरणको भनाई छ ।
उच्चस्तरीय छलफलका लागि पटक पटक आग्रह गर्दा पनि अन्य दलले अटेर गरेकाले पनि अहिलेको समस्या आएको किरणको दावी छ ।एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वले क्रान्तिलाई पुरै धोका दिएकाले क्रान्तिको कार्यभार पुरा गर्न नेकपा– मओवादी बनेको भन्दै जनसत्ताका भ्रुणहरु तयार गर्ने अभियानमा नेकपा माओवादी रहेको जिकिर समेत गरे ।

प्रतिक्रियाहरु