एमाओवादीको केन्द्रीय समिति बस्दै

२०७० माघ २ गते, बिहीबार


काठमाडौ, २ माघ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीको भावी कार्यदिशा र राष्ट्रिय राजनीतिका विषयमा धारणा बनाउने बताइएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र सङ्क्षिप्त सम्बोधन गरेपछि भोलिबाट छलफल सुरु हुने एक नेताले बताए ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा संगठनात्मक संरचना परिवर्तन, हेटौडा महाधिवेशनले पारित गरेको कार्यक्रमको कार्यान्वयन, पार्टीभित्र समानुपातिक सभासद छनौटका विषयमा सुरु भएको विवादका विषय उल्लेख गरिएका छन् ।
त्यस्तै प्रतिवेदनमा संविधानसभा चुनावका पराजयको कारण, अब सरकार गठन र संविधान निर्माणमा खेल्ने भूमिकालगायतका विषय पनि उल्ल्ेख गरिएका छन् । पूर्व पदाधिकारी र पोलिटब्युरोमा छलफल भइसकेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले भनाइ राखेपछि संशोधनसहित पारित हुनेछ ।प्रचण्डको प्रतिवेदनप्रति असन्तुष्ट वरिष्ठ नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले छुट्टै लिखित प्रतिवेदन पेश नगरेपछि बुँदागत असन्तुष्टि राख्ने बताइएको छ ।

प्रतिक्रियाहरु