सुविसु क्यान इन्फोटेक जारी

२०७० पुष २१ गते, आईतवार


काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेकको २० औँ संस्करण ‘सुविसु क्यान इन्फोटेक २०१४’ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा बिहिवारबाट सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित सो महामेला पुस २३ सम्म जारी रहने छ। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका पछिल्ला नवीनतम प्रविधिलाई सो प्रदर्शनीमा राखिएका छन्। यसमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका हार्डवेयर, पावर सोलुसन, मोबाइल, एन्टिभाइरस, प्रिन्टर, इन्टरनेट सर्भिसजस्ता क्षेत्रको व्यवसायमा संलग्न ११९ कम्पनीको सहभागिता रहेको छ । प्रर्दशनीमा २२१ कक्ष रहेका छन् । स्मार्ट फोनका पछिल्लो प्रविधि, कोरआइ सेभन ल्यापटप नै मेलाका आकर्षण बनेका छन् ।उपराष्ट्रपति परमानन्द झाले डिजिटाइज प्रविधिद्वारा रिमोट बटन अन गरी प्रदर्शनीको शुभारम्भ गर्दै बनेपामा रहेको सूचना प्रविधि पार्क सञ्चालन ल्याउन आग्रह गर्। उनले सूचना प्रविधि रहरभन्दा नभई नहुने वस्तुका रुपमा दैनिक जनजीवनमा प्रयोग भइरहेको चर्चा गर्दै यसको विकासका लागि सरकार र निजी क्षेत्र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । “नेपाललाई विश्व मानचित्रमा चिनाउन सूचना प्रविधिले सहयोग पुर्याउने हुँदा यस क्षेत्रमा कार्यरत सबैले स्तरीय योजनाका साथ लाग्नुपर्छ । यसलाई सुशासन र पारदर्शिता प्रवर्द्न तथा शिक्षा र स्वास्थ्यको विकासको साझेदारीका रुपमा विकसित गरिनुपर्छ” उपराष्ट्रपति झाले भने ।नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजंग पाण्डेले बत्तीको समस्याले सूचना प्रविधिलाई निजी क्षेत्रले चाहेजति विकास गर्न नसकेको चर्चा गर्दै सूचना प्रविधिको थप विकासका लागि नयाँ ऐनको आवश्यकता रहेको बताए ।
क्यानका अध्यक्ष विनोद ढकालले हालसम्म आइपुग्दा क्यानले सूचना प्रविधिलाई जनस्तरसम्म पुर्याउन अहम् भूमिका निर्वाह गरेको र प्रदर्शनीले सूचना प्रविधिको पहुँचमा विस्तार गरेको बताए ।क्यानका महासचिव अमृत पन्तले महामेलाका अवसरमा सूचना प्रविधि सम्मेलनसमेत आयोजना गरिने जानकारी दिनुभयो । क्यानले सन् १९९५ देखि हरेक वर्ष यस्तो मेला आयोजना गर्दै आइरहेको छ ।शिर्ष प्रायोजक सुबिसु केवलनेट (प्रा.) लिमिटेडले रिटेल ग्राहकहरुलाई लक्षित गर्दै केबल ईन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मुल्यमा सुबिसु क्यान ईन्फोटेक २०१४ मार्फत सार्वजनिक गर्दैछ। हालसम्म ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सिमित फाईबर ईन्टरनेट सेवालाई अब घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्याउने लक्ष्यका साथ सुविसु केवलनेटले विशेष योजनाहरु प्रस्तुत गर्ने तयारी गरेको छ। त्यस्तै पछिल्लो प्रविधिमा आधारित फाईबर ईन्टरनेट सेवा समेत यसै प्रदर्शनीमा ग्राहकहरु समक्ष प्रस्तुत गर्दैछ।
सुविसुले मेलामा आइपिटीभिको पछिल्लो प्रविधिको सार्वजनिक प्रदर्शनी समेत गरेको छ। सुविसुका प्रमुख कार्यकारी सुधिर पराजुलीका अनुसार सञ्चार मन्त्रालयबाट लाइसेन्स पाउनेवित्तिकै सञ्चालन जानेगरि इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजन आइपिटिभी नेपाली दर्शकले हेर्न पाउने गरि सुविसुले तयारी गरिरहेको छ। एचडी फर्म्याटमा उच्च गुणस्तरीय टेलिभिजन हेर्ने दर्शकको चाहनालाई आइपीटिभीले पुरा गर्ने उनको दावी छ। आइपिटीभिका लागि नयाँ प्रिमियम च्यानलहरुसँग कुरा भइरहेको र लाइसेन्सको प्रक्रिया पुरा हुने वित्तिकै यसको काममा गती दिने उन ले जानकारी दिए । कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, क्यानका अध्यक्ष ई. बिनोद ढकाल, क्यानका पूर्व अध्यक्षहहरु बिमल कुमार शर्मा, विजय कृष्ण श्रेष्ठ, विप्लवमान सिंह, सुरेश कर्ण, शिर्ष प्रायोजक सुबिसु केबलनेटका अध्यक्ष सुधिर पराजुली लगायत उपस्थित थिए ।
क्यान इन्फोटेकको यस २० औं संस्करणको टाइटल सुबिसु केबलनेट रहेको छ। यसैगरी प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमन्ड स्पोन्सर सामसङ स्मार्ट फोन, गोल्ड स्पोन्सरहरू कलर्स मोबाइल र डेल एन्ड एप्पल बाई जेनेरेसन नेक्स्ट र सिल्भर स्पोन्सरहरू एस पावर बीपीई र माया एनिमेसन एकेडेमी रहेका छन्।विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता राष्ट्रिय तथा असोसियो, विस्टाजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग पुर्‍याएका छन्।
इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । पुस २१ गतेलाई ‘बिजनेस डे’ का रूपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क १ सय रुपैयाँ हुनेछ। उक्त दिन विशेष गरी बिजनेस हाउसहरूले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेन्डरहरूसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्ने अध्यक्ष विनोद ढकालले जानकारी दिए ।प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखी प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट बिमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामराको निगरानीमा रहनेछ साथै सुरक्षा गार्ड र स्वयंसेवकका तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। क्यान इन्फोटेकको यस संस्करणको अफिसियल बैंक सिद्धार्थले टिकट काउन्टरको व्यवस्थापन गरेको छ।सुबिसु क्यान इन्फोटेक, २०१४ नाम दिइएको मेलामा एन्टिभाइरस, प्रिन्टर, प्रोजेक्टर, इन्टरनेट सर्भिस, सफ्टवेयर र एप्लिकेसनहरु विभिन्न कम्पनीका क्यामेरा बिक्रीमा राखिएका छन् । यसपटकको मेलामा मोबाइल कम्पनीको सहभागिता बढी देखिएको छ । १० भन्दा बढी मोबाइल कम्पनी रहेका छन् । सबैभन्दा बढी ल्याप्टप कम्प्युटर, एक्ससजिका उत्पादन मेलामा राखिएका छन् ।क्यानको पहिलो मेला विसं २०५१ मा होटल ब्लुस्टारमा १७ वटा कक्षबाट प्रारम्भ भएको थियो । पहिलो क्यानमेलामा दुई हजार र गत वर्ष चार लाख ५० हजारले अवलोकन गरेकामा अहिले पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा अवलोकनकर्ताले, हार्डवयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल, एक्सेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवयर सोलुसन्स, पेमेन्ट सोलुसन्सका प्रडक्ट तथा सर्भिसबारे बुझ्न र खरिद गर्नसमेत सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार