चन्द्रमामा मानवरहीत यान

२०७० मंसिर ३० गते, आईतवार

चीन, ३० मंसिर । चीनले चन्द्रमामा मानवरहीत यान सफलतापूर्वक अवतरण गराएको छ । पछिल्लो ४० वर्षमा कुनै पनि देशले चन्द्रमामा यान पठाएका थिएनन् । झण्डै अढाई लाख माइल टाढा चीनको अन्तरिक्ष बाहनले चन्द्रमामा अवतरण गर्दाको क्षण यो अभियानका संचालनकर्ताहरुका लागि अभूतपूर्व समय भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।.
पछिल्लो खवर अनुशार जेड र¥याबिट नामको रोवट अवतरित यानबाट छुट्टिसकेको छ । जस्ले जलामुखि निर्मित समथर सतहमा यात्रा समेत गर्न सुरुगरिसकेको बताइएको छ । आजदेखि नै उक्त रोबोट वाहनले चन्द्र सतहको अन्वेषण गर्न थाल्नेछ र आगामी तीन महिनासम्म त्यहां कुनै दिन चीनले प्रयोग गर्न सक्ने खनिज र उर्जाका स्रोतहरुको खोज गर्ने चिनिया सञ्चार माध्यमहरुले जनाएका छन् । चीनले यस्लाई बैज्ञानिक क्षमताका रुपमा भन्दा पनि, चन्द्रमासम्म पुगेर आफूलाई उदाउंदो शक्तिका रुपमा प्रस्तुत गर्ने सफल भएको संकेतलाई बढी महत्व दिएको छ ।
दृश्यहरुमा उक्त यान हल्कासंग चन्द्र सतहमा अवतरण गरेको देखाइएको थियो । चीनभन्दा अघि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघले मात्र चन्द्र सतहमा आफ्नो यान अवतरण गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार