टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने

२०७० मंसिर १५ गते, शनिबार

काठमाडौ, १५ मंसिर – नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ । सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।
टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ । यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।
टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।
टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ ।
टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो । टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताइन् । डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ ।राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ । यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् । हाल टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार