ट्याब्लेट किन्दा ध्यान दिनुपर्ने कुराहरू

२०७० मंसिर १५ गते, शनिबार


काठमाडौँ । ट्याब्लेट, आमप्रयोगको कम्प्युटर उपकरण बनिसकेको छ । यो विशेष गरेर इन्टरनेट चलाउन, अध्ययन र मनोरञ्जनका लागि यो निक्कै उपयोगी ग्याजेट साबित भएको छ । लोडसेडिङको मार भोग्न बाध्य नेपालीका लागि यो ल्यापटप र कम्प्युटरको विकल्प पनि हो । बालबालिकका लागि डिजिटल अध्ययनको माध्यमका रूपमा पनि यसलाई लिन सकिन्छ । भारतसहित विश्वका धेरै मुलुकले बालबालिकाको प्राथमिक शिक्षामा नै ट्याब्लेटलाई समावेश गरेका छन् । जसमा बालबालिकाहरू विभिन्न एपहरूको सहायताले आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छन् । बालबालिकादेखि पाको उमेरकासम्मले कम्प्युटरको विकल्पको रूपमा पनि यसलाई लिन सक्छन् । त्यसैले यतिखेर बजारमा ट्याब्लेटको माग बढिरहेको छ । त्यसो त विश्वप्रसिद्ध ब्राण्डदेखि भारतीय र चिनियाँ ब्राण्डका ट्याब्लेट सस्तो मूल्यमा नै नेपालमा उपलब्ध भइसकेका छन् । आमआवश्यकता बनिसकेको यो उपकरण जति अनिवार्य छ त्योभन्दा बढी अनिवार्य छ यसको खरिदमा ध्यान दिनु । तपाइँ ट्याब्लेट किन्न जाँदै हुनुहुन्छ वा ट्याब्लेट खरिदको योजना बनाउँदै हुनुहुन्छ भने तपाइँले यी कुरामा ध्यान दिनुपर्छ । ट्याब्लेट किन्नुभन्दा अगाडि ध्यान दिनुपर्ने पहिलो कुरा हो । तपाइँलाई ट्याब्लेट कति आवश्यक छ- यदि तपाइँसँग ल्यापटप र स्मार्टफोन छ भने तपाइँलाई यो जरुरी छैन कि ट्याब्लेट किनौँ । ट्याब्लेट किन्नु अगाडि यो कत्तिको जरुरी छ भन्ने सोचेर मात्र किन्नुपर्छ ट्याब्लेटमा फोन गर्ने सुविधा नभएकाले यो स्मार्टफोनको विकल्प भने बन्न सक्दैन । स्मार्टफोनमा भन्दा ठूलो स्त्रिन भएकाले यसमा इमेल हेने इन्टरनेट चलाउन, सिनेमा हेन साथै गीत र गेमका लागि यो राम्रो अनुभव दिनेचाहिँ हुन्छ । २० इञ्च स्त्रिन अपरेटिङ सिस्टम ः ट्याब्लेट किन्दा सबैभन्दा महत्वपूण् र ध्यान दिनुपर्ने कुरा यसको अपरेटिङ सिस्टम हो । जसले गर्दा तपाइँले प्रयोग गर्ने सुविधाहरूमा पनि फरक पर्नसक्छ । यतिखेर बजारमा एप्पलको आइओएस, गुगलको एण्ड्रोइड, रिर्सच इन मोसनको ब्ल्याकबेरी, माइक्रोसफ्टको विण्डोज-८ लगायतका अपरेटिङ सिस्टम भएका ट्याब्लेटहरू उपलब्ध छन् । केही चिनियाँ ट्याब्लेटमा यीबाहेकका अपरेटिङ सिस्टम पनि भएको पाउन सकिन्छ । यी अपरेटिङ सिस्टममध्ये लोकप्रियचाहिँ एण्ड्रोइड हो । यसमा सित्तैमा पाउने सुविधाहरू पनि धेरै छन् भने यो अपरेटिङ सिस्टम भएका ट्याब्लेटहरू सस्तो मूल्यमा पाउन सकिन्छ । आइप्याडमा मात्र आइओएस प्रयोग भइरहेको छ जुन अरुको तुलनामा महँगो पनि छ ।
प्रोसेसर र र्यामः ट्याब्लेट किन्दा अपरेटिङ सिस्टमका साथै अर्को ध्यान दिनुपर्ने महत्वपूण् कुरा हो, प्रोसेसर र र्याम । यी दुवैको क्षमताले नै ट्याब्लेटलाई ढिलो वा छिटो बनाउने भएकाले किन्नु अघि प्रोसेसर कति गिगाहर्जको र र्याम कति जीबी भन्नेमा ध्यान दिनुपर्छ यी दुवैको क्षमताले नै ट्याब्लेटको काम गर्ने क्षमता निर्धारण गर्छ । स्त्रिmनको आकार ः बजारमा ७ देखि १० इन्चसम्मको स्त्रिmन आकार भएका ट्याब्लेटहरू उपलब्ध छन् । तपाइँको प्रयोगलाई आधार मानेर कुन स्त्रिन आकारको ट्याब्लेट किन्ने भन्ने निर्ण्र् गर्नुपर्छ । यदि तपाइँ इमेल इन्टरनेट र मनोरञ्जनका लागि ट्याब्लेट किन्दै हुनुहुन्छ भने १० इन्चको स्त्रिmन भएका ट्याब्लेट सही हुन्छन् । किनकि तीनमा गीत, सिनेमा र गेमको अनुभव राम्रो हुन्छ । अध्ययन र यात्रामा पनि प्रयोग गर्ने हो भने ७ इन्चको पनि उपयुक्त नै हुन्छ ।
ब्राण्डः ट्याब्लेट मात्र नभएर जुनसुकै पनि ग्याजेट खरिद गर्दा ध्यान दिनुपर्ने महत्वपूण् कुरा भनेको ब्राण्ड पनि हो । ब्राण्डले नै उत्पादनले विश्वास र बजार बनाउने भएकाले कम्पनीहरूले ब्राण्डलाई स्थापित गराउनका लागि गुणस्तरीय सामान प्रयोग गर्नुभएकाले प्रसिद्ध तथा चलेको ब्राण्डको ट्याब्लेट छनौट गर्नुपर्दछ । राम्रा र विश्वविख्यात ब्राण्डमध्ये पनि कसले सस्तोमा धेरै सुविधायुक्त ट्याब्लेट दिएको छ हेनुपर्छ नेपालमा धेरै जसो भारतीय ब्राण्डका रूपमा चिनियाँ सामान प्रयोग भएका ट्याब्लेटले अपरेटिङ सिस्टमलाई जोड दिएर उत्पादनको प्रचार गरिरहेका हुन्छन् । यस्तोमा याद गर्नुपर्ने कुरा एण्ड्रोइड होइन कि हार्डवेयरको ब्राण्ड हो । सस्तो पाएँ भन्दैमा जुनसुकै पनि ब्राण्ड खरिद गर्न हुँदैन ।
कनेक्टीभीटीः ट्याब्लेट किन्दा ध्यान दिनुपर्ने अर्को कुरा हो, कनेक्टिभिटी । ट्याब्लेटमा कनेक्टिभिटीका लागि के के सुविधा छन् । आमरूपमा यतिखेर ट्याब्लेटमा थ्रिजी, वाइफाइ, युएसबी डोंगललगायतका सुविधा उपलब्ध छन् । इनपुट र आउटपुटका लागि यूएसबी, ३.५ एमएमको हेडफोन ज्याक, माइक्रो यूएसबी, एचडीएमआइलगायतका सुविधा हुन्छन् । तपाइँले लिन लागेको ट्याब्लेटमा यस्ता सुविधा छन् या छैनन् भन्नेमा पनि ध्यान दिनुपर्छ ।
मेमोरी र एप्सः ट्याब्लेट किन्दा अर्को ध्यान दिएर सोध्नुपर्ने वा बुझनुपर्ने कुरा हो मेमारी । ट्याब्लेटमा आन्तरिक मेमोरी कति छ र मेमोरी स्लटको माध्यमबाट त्यसको क्षमता बढाउन सकिन्छ या सकिन्न – त्यसबारे जानकार हुनु आवश्यक हुन्छ । त्यसो त ट्याब्लेटमा चलाउन सकिने वा पहिले नै लोड भएर आएका एप्सका बारेमा पनि पनि थाहा पाउनुपर्छ यसले ट्याब्लेटको प्रयोगमा समेत प्रभाव पार्छ । ब्याकअपः ट्याब्लेट यात्रा वा घर भित्र अनि बाहिर जहाँ चलाए पनि यसको मुख्य सम्बन्ध जोडिएको हुन्छ यसले दिने ब्याकअपसँग । ब्याकअप अर्थात् ब्याट्रीको क्षमता । ट्याब्लेट किन्दा त्यसको प्राविधिक विवरण हेदा ब्याट्रीको क्षमतामा ध्यान दिनुहोला । ब्याट्रीको क्षमता एमएएचले जनाउने भएकाले जति धेरै एमएएचको ब्याट्री हुन्छ तपाइँले पाउने ब्याकअप पनि धेरै हुन्छ । धेरै घरबाहिर हुने वा यात्रामा हुने व्यक्तिका लागि ४००० एमएएचको ब्याट्री भएको उपयुक्त हुनसक्छ । बजारमा २२०० भन्दा बढी एमएएचको ब्याट्री भएका ट्याब्लेट धेरै ब्राण्ड र कम मूल्यमा पनि उपलब्ध छन् । मूल्यः ट्याब्लेटको प्राविधिक पक्ष पछि सबैभन्दा अन्तिममा आउँछ मूल्यको कुरा । ट्याब्लेट जति नै उपयुक्त र राम्रो प्रदर्शन क्षमताको भए पनि त्यसको मूल्य खरिद गर्ने क्षमताभन्दा माथि छ भने त्यसले कुनै अर्थ राख्दैन । त्यसैले आफ्नो आवश्यकताअनुसारको हार्डवेयर र प्रदर्शन क्षमताका बारेमा जानिसकेपछि त्यसका लागि उचित लाग्ने मूल्य चुकाउनु पनि पर्छ, बजारमा चिनियाँ ब्राण्डका ट्याब्लेट ७ हजारमा नै पाउन सकिन्छ । भारतीय तथा नेपाली ब्राण्डनेम दिएका ट्याब्लेट पनि १० हजार भित्रै पाउन सकिन्छ । तर याद राख्नुस्, सस्तो किन्न खोज्दा गुणस्तर गुमाउनु हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार