मोबाइल प्रयोगकर्ता दूई करोड पुगयो

२०७० मंसिर १३ गते, बिहीबार


काठमाडौं, १३ मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा बढ्दै जाँदा मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख ३ हजार २ सय ७३ पुगेको छ ।तिब्र प्रतिस्पर्धासँगै सेवा शुल्क समेत सस्तो हुन थालेपछि आम-जनताको आकर्षण मोबाइलमा हृवात्तै बढेको हो । तथ्याङ्क अनुसार सबैभन्दा बढी एनसेलका प्रयोगकर्ता रहेका छन् । जिएसएम मोबाइल सेवा प्रदान गर्दै एनसेलका १ करोड ७ लाख ५९ हजार ६ सय १० प्रयोगकर्ता पुगेका छन् ।
नेपाल टेलिकममा जिएसएम मोबाइल ७६ लाख ७० हजार २ सय र सिडिएमए मोबाइल ९ लाख ७३ हजार ३ सय ९२ गरी कुल ८६ लाख ४३ हजार ६ सय ६३ प्रयोगकर्ता पुगेका छन् । त्यस्तै, युटिएलको मोबिलिटी सर्भिस अन्तर्गत ६ लाख ५४ हजार ६ सय १७ प्रयोगकर्ता रहेका छन । एसटिएमका १ सय ५५ एनएसटिपिएलका १ लाख ४६ हजार ७ सय ४८ र एसटिपिएलका ८ लाख ६ हजार १ सय ६ प्रयोगकर्ता पुगेका छन् ।प्राधिकरणका अनुसार महिनामा ०.७७ प्रतिशतका दरले मोबाइल प्रयोगकर्ता बढ्दै गइरहेका छन् । त्यस्तै, इन्टरनेट प्रयोग गर्ने २७ दशमलव १८ प्रतिशत पुगेका छन् । विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरुको सेवा प्रयोग गर्ने ग्राहकको संख्या महिनामा ०.२६ प्रतिशतले बढेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार