गद्दारहरुले हार्दा जनता खुसी : गौरब

२०७० मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । आज ललितपुरमा पार्टीको नेवा राज्य समितिको कार्यक्रममा बोल्दै नेकपा – माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले गद्दारहरुले हार्दा देश खुसी भएको बताएका छन् ।जनता अहिले अत्यन्त खुसी भएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेले चुनाव जितेकाले जनता खुसी भएका होइनन्, संशोधनवादी गद्दारहरुले हारेको हुनाले जनता खुसी भएका हुन् । जनताको यो खुसी हामी देख्न सक्छौं । अहिले देश नै खुसी भएको छ ।’उनले ‘संशोधनवादी गद्दार’हरुको हार आफ्नो पार्टीको जित भएको पनि बताए । कार्यक्रममा गौरबले , एमाओवादीलाई भारत र अमेरिकाले उपयोग गरेको दाबी गरे।
नेकपा माओवादी र एमाओवादीबीच पार्टी एकीकरणको चर्चा चलिरहेको बेला गौरबको यस्तो अभिव्यक्ति आएको हो । आफ्नो पार्टीको बहिष्कारका कारण एमाओवादीको चुनावमा लज्जास्पद हार भएको उनको भनाइ छ ।उनले ‘संशोधनवादी गद्दार’हरुले हार्दा जनता खुसी भएको भन्दा कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरेका थिए ।
अब २०४७ सालको जस्तो संविधान बनाउन चाहनेहरुको संविधानसभामा हालीमुहाली भएकाले संविधान पनि त्यसै अनुसारको बन्ने उनले बताए । गौरबले भने, ‘ संविधान बने हामी संविधान जलाइदिन्छौं, च्यातिदिन्छौं ।’

प्रतिक्रियाहरु