शान्ति सम्झौता भएको ७ वर्ष पूरा

२०७० मंसिर ५ गते, बुधबार

काठमाडौ, ५ मंसिर – नेकपा माओवादी र तत्कालीन सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज ७ वर्ष पूरा भएको छ ।२०६३ साल मंसिर ५ गते अर्थात आजकै दिन सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि तत्कालीन नेकपा माओवादीले औपचारिक रुपमा शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो । सम्झौतासंगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र राजनीतिक यात्रा अन्त्य भएको थियो ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
जनआन्दोलन २०६३/०६३ पछि तत्कालिन सात राजनीतिक दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीपछि वृहत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्वपूर्ण मानिएको छ ।तर शान्ति सम्झौतापछि हुनुपर्ने सेना समायोजन बाहेक वेपत्ताको खोजविन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन लगायतका काम हुन सकेका छैनन् । पहिलो संविधानसभाबाट संविधान नबनेपछि मंगलबार दोस्रो पटक संविधानसभा चुनाव भएको छ ।

प्रतिक्रियाहरु