एप्पल र सामसङ झगडा बल्झियो

२०७० कार्तिक २७ गते, बुधबार


लन्डन, २७ – कार्तिक एप्पल र सामसङ स्वामित्वको अधिकार (पेटेन्ट) का विषयमा अदालत गएका छन् ।२०१२ अगस्टमा एक अदालतले सामसङलाई एप्पलको ६ वटा पेटेन्ट छेडखानी गरेको आरोपमा ठूला क्षतिपूर्ति तिराएको थियो ।एक अर्ब अमेरिकी डलरको क्षतिपूर्ति दिन भनिएपछि एप्पलले ज्यादै ठूलो विजय पाएको थियो । यस्ता मुद्दा दुवै कम्पनीले विश्वका विभिन्न अदालतमा एक अर्काविरुद्ध लडिरहेका छन् ।मार्च २०१३ मा १ अर्ब डलरको क्षतिपूर्तिलाई पुनः विचार गर्ने निर्णय अदालतले गरेको थियो । न्यायाधीश लुसी कोले क्यालिफोर्नियाको अदालतले क्षतिको विवरण गलत आकलन गरेको भन्दै पुनर्विचार आवश्यक रहेको बताए ।
एप्पले भने २ अर्ब ५० करोड डलरको क्षति भएको भन्दै अदालतमा दाबी गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आइफोन र आइप्याडका डिजाइन र केही सुविधालाई जस्ताको त्यस्तै चोरी गरेको आरोप एप्पलको छ । यसमा फोटोलाई छोएर ठूलो बनाउन सकिने सुविधालगायत छन् ।सामसङले भने एप्पलका उक्त डिजाइन सार्वजनिक हुनअघि नै आफूले तयार गरेको दाबी गरेको छ । चोरी आफूले नभई एप्पलबाट भएको भन्दै सामसङले पनि ५१ करोड डलरको क्षतिपूर्ति माग गरेको छ ।
अदालतबाट सार्वजनिक पहिलो निर्णयलाई सामसङले ग्राहकका लागि खराब समाचारको संज्ञा दिएको थियो । एप्पलले मुद्दा जितेपछि उसले ग्राहकसँग छनोटको अवसर कम भएको र महँगो मूल्यमा मात्र सुविधा उपभोग गर्न सक्ने अवस्था आएको टिप्पणी दिएको थियो । यस्ता निर्णयले आविष्कारलाई पनि प्रोत्साहित नगर्ने तर्क उसको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार