कपाल चोरी हुन् थालेपछि

२०७० श्रावण ३१ गते, बिहीबार

भेनेजुयलाका महिलाहरु भने कपाल चोरको आक्रमणमा पर्न थालेका छन् ।भेनेजुयलाको दोश्रो ठूलो सहर माराकाईबोमा कपाल चोरहरुको समूहले लामो कपाल पालेका महिलामाथि आक्रमण गर्ने र कैंचीले कपाल काटिदिने गरेपछि त्रास छाएको छ । चोरले महिलाका कपाल काटेर सैलुनमा बेच्ने गरेका छन् ।जुन कपाल हेयर एक्सटेन्सन अर्थात नक्कली रुपमा कपाल लामो बनाउनका लागि या ‘विग’ बनाउन प्रयोग हुने गरेको छ । दक्षिण अमेरिकी देशमा ‘हेयर एक्स्टेन्सन’ बजारको बढ्दो विस्तारसंगै कपाल चोरको बिगबिगी बढेको हो । कपाल चोरी हुन थालेपछि ‘हेयर एक्स्टेन्सन’को माग पनि ३० प्रतिशतले बढेको पाइएको छ ।
स्थानीय रुपमा पिरान्हास का रुपमा चिनिने कपाल चोरले सार्वजनिक स्थानमा समेत बन्दुक र चक्कु देखाएर देखाएर महिलालाई नियन्त्रणमा लिने र काट्न मिल्ने सम्मको कपाल काटेर लैजाने गरेका छन् ।केही महिलाको कपाल भने ब्लेडले खौरेर नै लगेको पाईएको छ । त्यतिमात्रै कहाँ हो र चोरले काट्न सजिलो हुने गरी ‘पोनीटेल’ बनाएर कपाल बाँध्न महिलाहरुलाई सार्वजनिक उर्दी नै जारी गर्ने गरेका छन् ।
कपाल चोरले महिलामाथि आक्रमण गर्न थालेपछि माराकाईबोका मेयर ईभेलिङ्ग डे रोसालेसले आफ्ना नागरिकको कपाल जोगाउन सुरक्षाकर्मी व्यापक रुपमा खटाएको बताएको छ ।उनले आफ्ना नागरिकलाई आफ्नो लामो कपाल जोगाउनका लागि टोपी या हेलमेट लगाएर हिंड्न सुझाव पनि दिएका छन ।समस्या बढ्दै गएपछि राष्ट्रपति निकोलस मडुरोले महिलाको कपाल चोर्ने गिरोह विरुद्ध कडा कारवाही चलाउन प्रहरीलाई निर्देशन दिएका छन । आधिकारीक रुपमा जर्बजस्ती कपाल काटिएको बारे उजुरी नपरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एकजना पीडित महिलाले प्रहरीले नै गिज्याउने डरले उजुरी दिन नचाहेको बताएकी छन् । कपालको प्रकृति, नरमपना र रंगका आधारमा मूल्य पाउने गरेका छन् । उच्च गुणस्तरको कपाल २ सय पाउण्ड सम्ममा बिक्री हुने गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु