चीनियाँ स्टेट काउन्सिलर याङ काठमाडौँमा

२०७० असार १० गते, सोमबार

काठमाडौ, १० असार । चीनियाँ स्टेट काउन्सिलर याङ जेइची नेपालको दुई दिने भ्रमणका लागि आज नेपाल आइ पुगेका छन् ।नेपाल चीनबीच द्धिपक्षीय आर्थिक साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धि सम्झौतामा दुई देशका अधिकारीहरुले हस्ताक्षर गर्ने कार्यक्रम छ । प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएपछिकै सबैभन्दा उच्चस्तरीय विदेश पाहुनाका रुपमा जेइची नेपाल आएका हुन ।चीनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा नेपाल र चीन सरकारबीच तीन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने छ । उनले भोली कार्यवाहक राष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग पनि छलफल गर्नेछन । त्यस्तै संविधानसभाको निर्वाचन र चीनले सहयोग गरेका ठूला विकास आयोजना लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रियाहरु