चीनका स्टेट काउन्सिलर याङ नेपाल आउँदै

२०७० असार १० गते, सोमबार

काठमाण्डौं ,१० असार। चीनका स्टेट काउन्सिलर याङ जेइची आज नेपाल भ्रमणमा आउँदै छन् । जेइची आज साँझ काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको चिनियाँ दूतावासले जनाएको छ । नेपाल र चीनबीच हुने महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने लगायतका कामका लागि जेइची नेपाल आउन लागेका हुन् ।जेइची आज नेपाल आएपछि भोलि दुईपक्षिय आथिर्क साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धि सम्झौतामा दुई देशका अधिकारीहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । जेइचीले भोली काठमाडौं चक्रपथ सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूर्वी एसियाली छिमेकी वर्माको भ्रमण सकेर नेपाल आउन लागेका जेइचीले भोलि कार्यवाहक राष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । जेइची भोली नै चीन र्फकने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु