ओखरपौवाबासीले फोहर फाल्न नदिने

२०७० असार ९ गते, आईतवार

काठमडौं , ९ असार । सरकार र ठेकेदार कम्पनिले आफूहरुसँग विगतमा गरेका सहमति तथा प्रतिबद्धता पालना नगरेका कारण जनस्वास्थयमा गम्भीर असर परेको भन्दै ओखरपौवा ल्याडफिल्ड र्साईटका स्थानीयबासी र राजनीतिक पार्टी नेताले अब काठमाडौंको फोहर ओखरपौवामा फाल्न नदिने घोषणा गरेका छन् । उनीहरुले आइतबार संवाद डबलीमा ओखरपौवा ल्याण्डफिल्ड र्साईट प्रभावित क्षेत्र सरोकार समितिले अयोजना गरेको पत्रकार सम्मेलन उनीहरुले सो घाषणा गरेका हुन । पत्रकार सम्मेलन गर्नु अगाडि उनीहरुले ७ बुँदे मागपत्र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । फोहरको उचित व्यवस्थापन हुन नसक्दा महामारी नै फैलिएर सयौं जना अस्पतालमा भर्ना भएका र केहीको ज्यान गइसकेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता जगदिशनरसिंह केसीले सरकारले जनस्वास्थ्यमा असर नपर्ने गरी फोहरको व्यवस्थापन नगरे काठमाडौंको फोहर ओखरपौवा लिन नदिने बताए । त्यसैगरी एमाओवादीका स्थानिय नेता नवराज ढुंगानाले सरकार र काठमाडौंबासीले ओखरपौवाबासीलाई अर्को दर्जाको रुपमा हर्ेर्ने गरेको आरोप लगाउदै अब सरकारले सही ढंगले फोहरको व्यवस्थापन नगरे आफूहरु कुनै पनि हालतमा फोहर लिन नदिने सरकाले बल प्रयोग गरे आफूहरु जेलमा बस्न तयार रहेको बताए । त्यस्तै नेकपा-माओवादी नुवाकोट जिल्ला इन्चार्ज लक्ष्मी मुडभरीले सरकारले प्रभावित क्षेत्रका जनतासँग गरेका प्रतिवद्धता पूरा नगरे ओखरपौवामा फोहर फाल्न नदिने बताए । उनले आफ्ना माग र विगतमा भएका सहमतिलाई वेवास्ता गर्दै ल्याइएको अध्यादेशलाई आफूहरुले नमान्ने बताए । काठमाडौंबासीको दयनिय अवस्था देखेर हामीहरुले ओखरपौवामा फोहर फाल्न दिएकोमा पश्चताप लागेको ओखरपौवा ल्याण्डफिल्ड र्साईट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगनाले बताए । पुलिसको ढण्डाका भरमा सरकारले अब फोहर लैजाने कसरत नगर्न आग्रह गरे । उनले आफ्नो र भावी सन्ततीको स्वास्थयको लागि आफूहरु गोली खान तयार रहेको बताए ।
यस्त छन् ओखरपौवाबासीका माग ः
१.ओखरपौवा, छत्रेदेउराली बीचको बन्चरेडाँडामा दिर्घकालिन ल्याण्डफिल्ड र्साईट विकास गर्न अन्तर्रिाष्ट्रय मापदण्ड अनुरुप १५ सयदेखी २ हजार मिटर क्षेत्रमा मानवबस्ती रहित क्षेत्र विकास गरी हरियाली क्षेत्र कायम गरी स्थानीयबासीको लागि बसोबासको वैकल्पीक व्यवस्था गरिनुपर्ने ।
२. ओखरपौवा दर्ीघकालिन ल्याण्डफिल्ड र्साईटक प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मूलांकन प्रतिवेदन र त्यसको निष्पक्ष निरीक्षण र व्यवस्थापन गर्न निम्नबमोजिको अधिकासरसम्पन्न विज्ञहरुको संयुक्त समिति गठन गरिनुपर्ने
३. दर्ीघकालिन ल्याण्डफिल्ड र्साईटक वञ्चरेडाँडा क्षेत्रमा निर्ण्र्ााभएको स्थानमा पर्ूवाधार अन्तर्रर्ााट्रय मापदण्ड अनुरुप निर्माण गर्नुपर्ने ।
४. सिसडोल ल्याण्डफिल्ड र्साईट २ बर्षा लागि मात्र जाइका ले निर्माण गरेको स्थानमा ८ बर्षम्म क्षमता भन्दा बढी फोहर राखेर स्थानीय जनतको जीवन खतरामा परेकोले तत्काल उपत्याकाको फोहर लैजान बन्द गर्नुपर्ने ।
५. तीनपिपले हुँदै कुमरी-गल्छी सडक राष्ट्रिय राजमार्गको मापदण्ड अनुरुप तत्काल निर्माण थालनी गर्नुपर्ने ।
६. कोलपुखोला आधार क्षेत्र ओखरपौवा देखि कुमडीसम्मको जमीनमा कृषि वागवानी फार्म तत्काल स्थापना गरी लागु गर्नुपर्ने ।
७. २०७० असार १ गतेदेखि फोहरमैलाका कारणले महामारी फैलिएर विमारी परेकाहरुको औषधी उपचार र उक्त प्रभावित क्षेत्रमा संक्रमित रोगको रोकथामका उपायहरु तत्काल संचालन तथा राहत प्रदान गर्नुपर्ने ।

प्रतिक्रियाहरु