सरकारी टोली बाढी पहिरो प्रभावित क्षेत्रमा

२०७० असार ६ गते, बिहीबार

काठमाडौं, ६ असार । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायतको सरकारी टोली आज बाढी पहिरो प्रभावित क्षेत्रमा गएको छ ।सरकारी टोली नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान त्यस तर्फ गएको हो । टोलीले बाढी प्रभावित क्षेत्र दार्चुला, कैलाली कंचनपुर लगायतका क्षेत्रको अबलोकन गर्ने छ ।
महाकाली र कर्णाली नदीले त्यस क्षेत्रमा बिध्वस मच्याएपछि सरकारी टोली त्यस तर्फ गएको हो । टोलीले त्यस क्षेत्रको अवलोकन गरी आवश्यक निर्देशन पनि दिने बताइएको छ ।

प्रतिक्रियाहरु