बिमा समितिका कार्यकारी निर्देशक बर्खास्त

२०७० असार ५ गते, बुधबार

काठमाडौं, असार ५ – बिमा समितिले पदीय आचरण विपरित काम गरेको भन्दै कार्यकारी निर्देशक विनोद अर्याललाई बर्खास्त गरेको छ ।बिमा समिति कर्मचारी सेवा शर्त तथा विनियमावली, २०६८ को विनिमय १८३ को उप विनियम १ को खण्ड क बमोजिम सेवामा रहन अयोग्य भन्दै पदबाट अर्याललाई पदीय जिम्मेवारीबाट हटाइएको समितिले जनाएको छ ।अर्यालले पदमा रहँदा आचरण विपरितका काम गरेको र नियम समेत पटक पटक उल्लंघन गरेको भन्दै पदबाट हटाउने निर्णय गरेको बिमा समितिले जनाएको छ ।
समितिले यस अघि सोधेको स्पष्टिकरण समेत नदिइ अर्याल सम्पर्क विहीन भएका थिए । अर्याललाई पदमा रहँदा आफू अनुकुल निर्देशन जारी गर्न लगाइ त्यसबाट अनुचित लाभ गरेको आरोप लगाइएको छ ।

प्रतिक्रियाहरु